Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

साउन २९ र ३० गते अनेरास्ववियुको विधान सम्मेलन

विहीबार, १४ साउन २०७२

काठमाडौं १४ श्रावण / एमाले निकट अनेरास्ववियुले साउन २९ र ३० गते काठमाडौंमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

विधान सम्मेलनले आगामी असोजमा गर्ने भनिएको संगठनको २२ औं राष्ट्रिय महाधिवेशनको मिति र स्थान घोषणा गर्ने प्रचार विभाग प्रमुख अशेष घिमिरेले जानकारी दिए ।

सम्मेलनले संगठनको विधान संशोधनसहित विद्यार्थी आन्दोलनको एजेन्डा, संगठन पुनर्निर्माण अभियानलगायतका विषयमा ठोस निर्णय लिने घिमिरेले बताए ।

‘एक निर्वाचन क्षेत्र एक नमुना उच्च मावि’ निर्माणको विस्तृत योजना विधान सम्मेलनमार्फत अगाडि बढाइने अनेरास्ववियुले जनाएको छ ।

बैठकले जनताको सुझावअनुसार पुन: कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिन मातृ पार्टी एमालेसँग माग गरेको छ ।

कान्तिपुरबाट

प्रतिक्रिया