Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

भारतीय प्राध्यापक बिदाइ गर्न सुविधा प्रस्ताव

शुक्रबार, १५ साउन २०७२

काठमाडौं १५ साउन / त्रिभुवन र संस्कृत विश्वविद्यालयबाट भारतीय प्राध्यापकलाई बिदाइ गर्न शिक्षा मन्त्रालयले सुविधा दिने प्रस्ताव गरेको छ । त्रिविमा करारमा कार्यरत प्राध्यापकलाई काम गरेको वर्षका आधारमा अतिरिक्त सुविधा दिएर बिदाइ गर्न लागिएको हो ।

शिक्षा मन्त्रालयबाट प्राप्त विवरणअनुसार त्रिभुवन विश्वविद्यालयमा ८८ र संस्कृत विश्वविद्यालयमा पाँचजना भारतीय प्राध्यापक कार्यरत छन् । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अहिले करारमा रहेका प्राय: सबै प्राध्यापक २० वर्षभन्दा बढी काम गरेका रहेको बताए ।

५ देखि १० वर्षसम्म काम गरेकालाई थप आधा महिना, १० देखि १५ वर्ष काम गरेकालाई एक महिना र १५ वर्षभन्दा बढी समय काम गरेका शिक्षकलाई डेढ महिनाबराबर पूरै अवधिको अतिरिक्त रकम दिने प्रस्ताव गरिएको छ । प्रस्तावमा कानुन र अर्थ मन्त्रालयले समेत सहमति जनाएका छन् । स्रोतका अनुसार शिक्षा मन्त्रालयको प्रस्तावमा भारतीय प्राध्यापकहरू सन्तुष्ट छैनन् । शिक्षा मन्त्रालयबाट गरेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भयो भने तत्काल लागू गर्ने प्रवक्ता लम्सालले बताए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया