Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शिक्षाका उपसचिव नगरपालिकामा

शनिबार, २३ साउन २०७२

काठमाडौं २३ साउन / शिक्षा मन्त्रालयमा थुप्रिएका उपसचिवलाई नगरपालिका अन्तर्गत नगर शिक्षा निकाय स्थापना गरेर नगर शिक्षा अधिकारीको जिम्मेवारी दिइने भएको छ।

 

शिक्षा मन्त्रालयले शनिबार अर्थ र सामान्य प्रशासन मन्त्रालयसँग उपसचिवहरुको व्यवस्थापनबारे छलफल कार्यक्रम राखेको छ।  शिक्षा मन्त्रालयका सामान्य प्रशासनतर्फका सहसचिव मुकुन्द निरौलाले प्रकाशित सामग्री छलफलको फिडब्याकु बन्ने जनाए। 

शिक्षा मन्त्रालयमा थुप्रिएका उपसचिवलाई नगरपालिका अन्तर्गत नगर शिक्षा निकाय स्थापना गरेर नगर शिक्षा अधिकारीको जिम्मेवारी दिइने भएको छ। शिक्षा मन्त्रालयले शनिबार अर्थ र सामान्य प्रशासन मन्त्रालयसँग उपसचिवहरुको व्यवस्थापनबारे छलफल कार्यक्रम राखेको छ। शुक्रबार नागरिक दैनिकमा शिक्षा मन्त्रालयमा उपसचिवको भिडसम्बन्धी समाचार सार्वजनिक भएपछि यस्तो तयारी भएको हो। शिक्षा मन्त्रालयका सामान्य प्रशासनतर्फका 

छलफलमा शिक्षा मन्त्रालयका ४ सय ८४ उपसचिवको व्यवस्थापन गर्न नयाँ निकाय थप्ने मुख्य एजेन्डा बनाइने उनले जानकारी दिए। अर्थ, सामान्य र शिक्षा मन्त्रालयका पदाधिकारीबीच शनिबार हुने छलफलमा नगरपालिकाअन्तर्गतमा नगर शिक्षाको व्यवस्था गर्न कसरी अघि बढ्ने भन्नेमा केन्द्रित हुनेछ, सहसचिव निरौलाले नागरिकसँग भने, कार्यालय कहाँ राख्ने, कति आर्थिक भार पर्ने, भौतिक संरचना र कार्यालय संरचना कस्तो हुने, कामको प्रकृतिलगायत विषयवस्तुमा छलफल गरिनेछ।

 

मन्त्रालयले शिक्षाका उपसचिवलाई नगर शिक्षाको अवधारणाअनुसार नगर शिक्षा अधिकारी बनाएर व्यवस्थापन गर्न लागिएको जानकारी पनि दिए। उनका अनुसार नगर शिक्षाअन्तर्गत नगरपालिकाभित्रको शिक्षाको कामकारबाही हेर्ने जिम्मेवारी नगर शिक्षा अधिकृतको हुनेछ।

 

 

नगरशिक्षा निकाय नगरपालिकाभित्रै थपिनेछ

नगर क्षेत्रमा रहेका स्कुलदेखि विश्वविद्यालयसम्मको शिक्षालयहरुको अनुगमन, स्वीकृति, भौतिक पूर्वाधार निरीक्षण कक्षा स्वीकृतिलगायत सबै काम अब नगर शिक्षाको हुने गरी मन्त्रालयले खाका तयार गर्दैछ, संगठन तथा व्यवस्थापन सर्वेक्षणका संयोजकसमेत रहेका निरौलाले नागरिकसँग भने, मन्त्रालयको नयाँ संगठन संरचना थपियो भने मात्र उपसचिवहरुको व्यवस्थापन हुन सक्ने निष्कर्ष आएको छ।

 

 

 

शिक्षा मन्त्रालयमा दुई वर्षअघि निजामती सेवा ऐन २४ घ अन्तर्गत ९पुरानो व्यवस्था शिक्षा मन्त्रालयका धेरै कर्मचारी एकैपटक उपसचिव पदमा बढुवा भई ४ सय ८४ पुगेका छन्। संगठनको संरचना पुरानै भएकाले जिम्मेवारी दिएर समायोजन गर्न नसकिएको उनले बताए।

नागरिक यो खबर छापिएको छ । 

 

प्रतिक्रिया