Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

नक्कली परीक्षार्थी पक्राउ

आइतबार, २४ साउन २०७२

काठमाडौं २४ साउन / एसएलसी पूरक परीक्षाअन्तर्गत शनिबारको विज्ञान विषयको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका चार परीक्षार्थीलाई नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

उत्तरपुस्तिकामा हस्ताक्षर गर्ने क्रममा शिक्षकले शंका लागि सोधखोज गर्दा उनीहरू नक्कली परीक्षार्थी भएको भेटिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले बताए । पक्राउ पर्नेमा देवचुली उच्च माविबाट परीक्षा दिन आएका सन्तोष श्रेष्ठ, घनश्याम महतो, विशाल सुनार र सुजन राना छन् ।

मनु शाहीको नाममा सन्तोष श्रेष्ठ, हिमाल महतोको नाममा घनश्याम महतो, आशिष काफ्लेको नाममा विशाल सुनार र सुसेन सेनठकुरीको नाममा सुजन रानाले परीक्षा दिएका थिए । पक्राउ पर्ने चारैजना देवचुली उमाविमा अध्ययनरत रहेको बताइएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको नवलपरासीका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले बताए ।

प्रतिक्रिया