Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

त्रिवि र म्याकक्वारीबीच सम्झौता

विहीबार, २८ साउन २०७२

काठमाडौं २८ साउन / त्रिभुवन विश्वविद्यालय र अस्ट्रेलियाको म्याकक्वारी विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान सम्झौता भएको छ । त्रिविका रेक्टर प्रा.गुणनिधि न्यौपाने र म्याकक्वारीका निमित्त उपकुलपति प्रा.जेम्सले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

त्रिविले यस्ता सम्झौता अन्य मुलुकका दुई सयभन्दा बढी विश्वविद्यालयसँग गरिसकेको छ । यस्तो सम्झौता भएको विश्वविद्यालयमा पढेका विद्यार्थीको शैक्षिक प्रमाणपत्रलाई त्रिविले समकक्षताको मान्यता दिने गरेको छ । सम्झौतामा विश्वविद्यालयबीच विद्यार्थी र शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने उल्लेख छ ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया