Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

कक्षा १२ को नतिजा केही बेरमा सार्वजनिक हुँदै, नतिजा एडुखबरमा

शुक्रबार, ११ भदौ २०७२

काठमाडौं ११ भदौ / उच्च माध्यामिक शिक्षा परिषद्ले आज (शुक्रबार) कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशन गर्ने भएको छ । परिषद् श्रोतका अनुसार दिउँसो १ बजेका लागि बोर्ड बैठक डाकिएको छ । हिजो अबेर सम्म नम्बर ईन्ट्रि गर्ने र मिसिङ् रुजु गर्ने काम सकिएपछि नतिजा सार्वजनिक गर्ने चरणमा पुगेको हो ।

परिषद्ले लिएका सबै परीक्षाको नतिजा प्रकाशनको जिम्मा एडुखबरले पाए अनुसार आजको नतिजा सार्वजनिक हुनासाथ हेर्न सक्नुहुनेछ । 
सँधै ढिलो नतिजा सार्वजनिक गर्ने भनेर आलोचना खेप्दै आएको परिषद्ले यसपटक चाँडै नतिजा प्रकाशन गरेको छ ।

भूकम्पका कारण दुई चरणमा भएको परीक्षा अन्र्तगत पहिलो चरणमा भूकम्पले कम क्षती पुर्याएका ६८ जिल्लामा कक्षा १२ को परीक्षा जेठ २० देखि ३१ गते सम्म र कक्षा ११ को परीक्षा असार १ देखि १२ सम्म भएको थियो ।

भूकम्पका कारण हुन नसकेका बाँकी सात जिल्ला गोरखा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काभ्रे र रामेछापमा भने कक्षा ११ र १२ को परीक्षा असार १४ गतेदेखि भएको थियो । कक्षा १२ को परीक्षा असार १४ गते देखि र ११ को परीक्षा असार २४ गते देखि भएको थियो ।

बैशाख २० गते देखि कक्षा १२ र जेठ १ गते देखि कक्षा ११ को परीक्षा तय भएपनि भूकम्पका कारण परीक्षा पछि सरेको तथा २ चरणमा गर्नु परेको थियो ।

कक्षा ११ र १२ मा देशैभर गरी करिब ९ लाख विद्यार्थी अध्ययनरत रहेको परिषद्ले जनाएको छ । 

प्रतिक्रिया