Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

मन्त्री रिजालले गरे स्कुल हस्तातरण

आइतबार, ३१ साउन २०७२

11896923 10204641283940637 1269183240 nकाठमाडौं ३१ साउन / वैशाख १२ को भूकम्पले ध्वस्त ललितपुरको श्री कालीदेवी प्राथमिक विद्यालयलाई आशाको ज्योति नेपालले तीन कोठे नवनिर्मित भवन हस्तातरण गरेको छ । शनिबार विद्यालय प्रागढमा आयोजित कार्यक्रममा आशाको ज्योतिका आकाश अधिकारीले संञ्चारमन्त्री मिनेन्द्र रिजालमार्फत तीन कोठे भवन विद्यालय व्यवस्थापक समितिका अध्यक्ष लालबहादुर घिमिङलाई प्रदान गरिएको थियो ।

'भूकम्पपछि जनजीवन प्रभावित हुनुका साथै बालबालिकाहरु शिक्षाबाट बञ्चित हुनुपरेको थियो । भूकम्प प्रभावित क्षेत्रका अधिकांश विद्यालयहरु ध्वस्त भएका छन् । आशाको ज्योतिले भूकम्पपछि शिक्षाबाट बञ्चित बालबालिकाको लागि गरेको सहयोग अमूल्य रहेको छ । आशाको ज्योतिको प्रयासले गर्दा राजधानीबाट नजिक भएपनि विकट मानिने शंखुका बालबालिकाहरुले शिक्षा पाउने छन्,'कार्यक्रममा मन्त्री रिजालले भने ।

कार्यक्रमको आयोजना कालीदेवी प्राथमिक विद्यालयले गरेको थियो । नवनिर्मित भवनको निर्माण आशाको ज्योति नेपाल र ग्लोबल रिच इन्टरनेशनल संयुक्त रुपमा गरेको थियो । भूकम्पले ध्वस्त विद्यालयमा ५० विद्यार्थीहरु अध्ययरत थिए । 'ललितपुरको विकट क्षेत्रमा रहेको प्राथमिक विद्यालयमा अध्ययरत ५० विद्यार्थी हालसम्म शिक्षाबाट बञ्चित हुनुपरेको थियो,विद्यालयका कृष्णमान लामाले भने,'भूकम्पपछि विद्यालय पूर्ननिर्माणका लागि रकम समेत अभाव भएको थियो । त्यसैमा आशाको ज्योतिले विद्यालय निर्माण गरिदिएपछि केही दिनभित्रै विद्यालय पूर्नसंञ्चालनमा ल्याउने तयारी भइरहेको छ । भवन निर्माण भएपनि बालबालिकाको पाठ्य सामाग्रीको अभाव भइरहेको छ ।'

तीन कोठे भवन करिव तीन सातामा तयार भएको थियो । राजनैतिक उदय शमशेर जवराले तत्काल क्षतिग्रस्त शंखु गाविसमा पूर्ननिर्माणको काम सुचारु गर्न पहल गरिरहेको दावी गरे । 'क्षतिग्रस्त शंखु गाविसमा पूर्ननिर्माणको काम सुचारु हुन सकेको छैन् । ललितपुरको विकट क्षेत्रमा रहेको मगरबस्ती रहेको यस विद्यालय फेरि संञ्चालनमा आउँदैछ । पूर्ननिर्माणको कामलाई यस गाविसमा सुरु गर्न पहल गरिरहेको छु ।'

कार्यक्रममा आशाको ज्योति नेपालका आकाश अधिकारीले बालबालिका शिक्षाबाट बञ्चित हुन्न भनेर भवन निर्माणलाई जोड दिएको बताए । 'सरकारले समेत सबैतिर ध्यान दिन सकेको छैन् । भूकम्पपछि क्षतिग्रस्त क्षेत्रका बालबालिकाहरु धेरै प्रभावित भएका छन् । उनीहरुले भूकम्पलाई बिर्सन सकेका छैनन् । त्यसबाहेक शिक्षाबाट समेत बञ्चित हुनुपरेको हुँदा हामीले स्कुल निर्माणलाई प्राथमिकता दिएर काम गरेका हौं ।'

हाँस्यकलाकार केदार घिमिरे र दिपाश्री निरौलाले हाँस्य प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, ऋषिदेव फुयाँल र लालबहादुर घिमिङ लगायतले बोलेका थिए ।

नागरिकमा स्मृति ढुंगानाले लेखेकी छन् ।

प्रतिक्रिया