Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

कक्षा १२ को नतिजा सार्वजनिक, गतबर्ष भन्दा धेरै विद्यार्थी उत्तीर्ण

शुक्रबार, ११ भदौ २०७२

नतिजा एडुखबरमा

भक्तपुर ११ भदौ / यसबर्ष कक्षा १२ मा गत बर्षको भन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् । उच्च माध्यामिक शिक्षा परिषद्ले शुक्रबार सार्वजनिक गरेको विज्ञान र संस्कृत बेदविद्याश्रम समूहको नीयमित तर्फ यस बर्ष ७१ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस्तै आँशिक तर्फ ४४ दशमलव ३० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  गतबर्ष नीयमित तर्फ ७० दशमलब ४३ प्रतिशत र आँशिक तर्फ ३८ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

नियमित तर्फ ३७ हजार ९ सय ९८ परीक्षार्थी परीक्षामा सम्मिलित भएकोमा २७ हजार २ सय २७ विद्यार्थी उत्तीर्ण भएको परिषद्ले जनाएको छ । यस्तै आँशिक तर्फ ८ हजार ४ सय ६ परीक्षार्थी सम्मिलित भएकोमा ३ हजार ७ सय २४ जना उत्तीर्ण भएका छन् ।

नीयमित तर्फ ५७ जनाको परीक्षा रद्द गरिएको छ भने आँशिक तर्फ १३ जनाको रद्द गरिएको छ ।

परीक्षा गत जेठ असार महिनामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया