Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षकद्धारा क्षेत्रीय शिक्षा निर्देशनालयमा धर्ना

शुक्रबार, ११ भदौ २०७२

काठमाडौं ११ भदौ / शिक्षा मन्त्री चित्रलेखा यादवको राजीनामा तथा संविधानको मस्यौदामा शिक्षालाई उच्च प्राथमिकतामा नराखिएको र आफूहरुसंग यस अघि भएका सहमती कार्यान्वयनमा शिक्षा मन्त्रीले आलटाल गरेको लगायतका माग सहित शिक्षकहरुले क्षेत्रीय शिक्षा निर्देशनालयमा धर्ना दिएका छन् ।

शुक्रबार विहान कार्यालय समय शरु हुनासाथ गरिएको धर्ना कार्यालय समय ३ बजे सम्म जारी रह्यो । देशभरका क्षेत्तीय शिक्षा निर्देशनालयमा शान्तिपूर्ण रुपमा धर्ना सम्पन्न भएको शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले बताए ।

धर्ना नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिको आव्हानमा भएको हो । एउटै मागका लागि पटक पटक आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी हामी आन्दोलनमा छौं निरौलाले भने, देशको समय सन्दर्भलाई ध्यान दिदैं हामी अवरोधात्मक आन्दोलन तिर गएका छैनौ  
तर, यसलाई कमजोरी ठानिएको महशुस भएको छ, राज्यले कुनै सुनुवाई गरेको छैन ।

आन्दोलन उठिसकेकोले समयमै सम्बाधेन नगर्दा समस्या विकराल हुने तर्फ सजग हुन उनले सरकारको ध्यानाकर्षण गराए ।

संविधानमा संवैधानिक उच्चस्तरीय शिक्षा आयोगको प्रबन्ध गर्नुपर्ने कुरा नसमेटिएको तथा २०६८ चैत २ गते भएको सहमती लगायतका अन्य मागका बारेमा वेवास्ता गर्दै जानुले बाध्य भएर धर्नामा उत्रिनु परेको निरौलाले बताए । महासंघले विगतका सहमतिहरुको कार्यान्वयन हुनुपर्ने, नयाँ बन्ने संविधानमा संवैधानिक उच्चस्तरीय शिक्षा आयोगको प्रबन्ध गर्नुपर्ने, शिक्षा ऐन तथा नियमावलीहरुमा संसोधन गर्नुपर्ने लगायतका माग राखेर चरणबद्ध आन्दोलन सुरु गरेको छ ।

महासंघले भूकम्पले क्षति पु¥याएका भौतिक संरचना पुनःनिर्माण तथा शिक्षा क्षेत्रको समग्र अवस्था परिवर्तनका लागि सरोकारवालाहरुको सहभागितामा राष्ट्रिय शैक्षिक सम्मेलनको आयोजना गर्न समेत माग गरेको छ ।

महासंघले २०७१ चैत ५ गते शिक्षामन्त्रीलाई भेटेर ज्ञापनपत्र  बुझाएको थियो । माग सुनुवाई नभएको भन्दै गत असार १३ गते आक्रोशपत्र,  २३ गते चेतावनीपत्र र साउन १५ गते अन्तिम चेतावनीपत्र  बुझाएको थियो ।

यसपछि पनि मागहरु पुरा नभए सडक संघर्ष गर्ने महासंघले चेतावनी दिएको थियो । धेरै पटक आग्रह गर्दा पनि माग पुरा नभएपछि बाध्य भएर आन्दानेलनमा उत्रनुपरेको  निरौलाले बताए ।

महासंघले गत साउन २९ गते धर्ना दिएको थियो । शिक्षकहरुको धर्नाका कारण विद्यार्थीको पठन पाठनमा असर परेको भन्दै उक्त आन्दोलन रोक्न माग गर्दै अदालतमा मुद्धा समेत परेको छ । शिक्षक महासंघ विरुद्धको मुद्धाको पेशी सर्यो

तस्विर : लोचन अधिकारीको फेसबुकबाट

प्रतिक्रिया