Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

इट्टा उत्पादन गर्दै विद्यालय

आइतबार, १३ भदौ २०७२

काठमाडौं १३ भदौ / पश्चिम सुर्खेतको जनज्योति उच्च मावि बड्डीचौरले इट्टा उत्पादन सुरु गरेको छ। विद्यालय भवन निर्माणका लागि इट्टा उत्पादन सुरु गरेको विद्यालयले यसलाई व्यवसायिक रुप दिने बताएको छ ।

'जिल्ला शिक्षा कार्यालयको २४ लाख रुपिया"को सहयोगमा निर्माण हुन लागेको भवनका लागि सुरुमा इट्टा उत्पादन थालेका थियौं,' विद्यालयका प्राचार्य नारायण सिग्देलले भने, 'राम्रो आम्दानी हुने देखिएपछि यसलाई व्यवसायिक रुप दिने सोच बनाएका हौं ।'

प्राचार्य सिग्देलका अनुसार स्थानीय सहबीर थापाले दुई वर्षअघि विद्यालयका नाममा दान गरेको १८ रोपनी जग्गामा इट्टा उत्पादन सुरु गरिएको हो। नेपालगञ्जबाट बड्डीचौरसम्म इट्टा ल्याउन महङ्गो पर्ने देखिएपछि आफै इट्टा उद्योग सुरु गरिएको उनले बताए । '११ रुपियाँ खरिद र पाँच रुपियाँ भाडा जोड्दा एउटा इट्टाको मूल्य १६ रुपिया" पर्ने देखियो,' प्राचार्य सिग्देलले भने, 'यहीँ उत्पादन गर्दा प्रति इट्टा साढे चार रुपिया"मा तयार भयो ।' विद्यालयले नेपालगञ्जबाट मिस्त्रीलाई ल्याएर इट्टा उत्पादन सुरु गरेको हो ।

प्राचार्य सिग्देलले पश्चिम सुर्खेतमा वितरण गर्ने उद्देश्यले इट्टा उद्योग सुरु गर्ने जानकारी दिए । 'पश्चिम क्षेत्रका लागि नेपालगञ्जबाट इट्टा ल्याउ"दा धेरै महंगो पर्न जान्छ,' उनले भने, 'यही क्षेत्रलाई लक्षित गरेर उद्योगकै रुपमा यसलाई सञ्चालन गछौं ।' जनज्योति उच्च मावि इट्टा उत्पादन गर्ने संभवत नेपालकै पहिलो विद्यालय हो ।

विद्यालयले तरकारी खेती, मौरीपालन, माछापालन, च्याउ खेती, गड्यौला मल उत्पादन गर्दै आएको छ । 'यसअघि हामीले तरकारी खेती, मौरी पालन, माछा पालन, च्याउ खेती, गड्यौला मल उत्पादन गरेर सफलता प्राप्त गरिसकेका छौं,' उनले भने, 'इट्टा उद्योग हाम्रा लागि नया" भएपनि यसमा पनि सफल हुन्छौं।' उनले पाटो परीक्षण गरेर इट्टा उत्पादन सुरु गरिएको बताए । 'इट्टा उद्योगका लागि यहा"को माटो सबैभन्दा राम्रो रहेछ' उनले भने, 'परिक्षण सफल भएपनि उत्पादन सुरु गरेका हौं ।'

इट्टा उत्पादनका लागि नेपालगञ्जका नसुरिद्धिनले ठेक्का लिएका छन् । नसुरिद्धिनले विद्यालयलाई १ लाखमा ६० हजार एक नम्वर इट्टा उत्पादन गरेर दिएको छ । उनले व्यवसायीक प्रयोजनमा जा"दा साढे सात रुपिया"मा इट्टा बिक्री गर्न सकिने बताए । 'पानी, भूस, दाउरा, प्लाष्ट्रिक र जनशक्तिको खर्च कटाएर साढे सात रुपियाँमा इट्टा बेच्दा पनि राम्रो आम्दानी हुने देखियो,' उनले भने, 'यसले क्षेत्रका जनतालाई पनि ठूलो राहत हुने देखिन्छ ।' विद्यालयले आगामी १० वर्षसम्मका लागि १८ रोपनीमा इट्टा उत्पादन गर्ने तयारी गरेको छ ।

नगेन्द्र उपाध्यायले नागरिकमा लेखेका छन् ।

प्रतिक्रिया