Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

लेख्य मानक भत्काइएकोमा प्राध्यापकको आपत्ति

शनिबार, १८ भदौ २०७३

काठमाडौं १८ भदौ / त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूले नेपाली भाषाको लेख्य मानक प्रयोगलाई केहीले जबर्जस्ती भत्काई नेपाली भाषाका प्रयोक्तालाई दिग्भ्रमित तुल्याउने प्रयास भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

उहाँहरूले संयुक्त विज्ञप्ति जारी गरी सो विभागमा आबद्ध २५ प्राध्यापकहरूले नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा संयुक्त वर्णको लेखन, पदयोग र पदवियोग तथा ह्रस्वदीर्घका सम्बन्धमा नया“ मान्यताका नाममा प्रचलित परम्परा र मानक लेखनलाई भत्काएर नेपाली लेखनलाई अस्तव्यस्त तुल्याउने कार्यप्रति असहमति रहेको उल्लेख छ ।

विभागका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलले नेपाली भाषा लामो परम्परा, प्रचलन र प्रयोगबाट स्थापित एवम् विकसित भाषा भएको बताउँदै राष्ट्रभाषा, साझा भाषा, सम्पर्क भाषा र माध्यम भाषाका रूपमा विकसित नेपाली भाषाकोे मानक लेख्य स्वरूपलाई भत्काएर विकृत तुल्याइनु नेपाली भाषाप्रति नकारात्मक धारणा पैmलाउने प्रयास भएको बताउनुभयो ।

राज्य संयन्त्रले परिपत्र वा तोकआदेशका माध्यमबाट नेपाली भाषाका लेखनको सहज परम्परा र स्थापित मान्यतालाई भत्काउने तथा मानक परिवर्तनका नाममा परिपत्रका माध्यमबाट जबर्जस्ती लादिने नियमलाई अस्वीकार गर्ने विज्ञप्तिमा भनिएको छ ।

सोही विज्ञप्तिमार्फत कसैको लहड र परिपत्रका नाममा जबर्जस्ती लादिने प्रक्रियाले भाषिक परिवर्तनलाई प्रतिनिधित्व गर्न नसक्ने स्पष्ट गर्दै सम्बद्ध निकायले यसतर्फ तुरून्त कदम चाल्न अनुरोध गरिएको छ ।

अहिले नेपाली भाषाबारे भइरहेको बहसले नेपाली भाषाप्रति नै नकारात्मक दृष्टिकोण विकास हुने सम्भावनालाई सङ्केत गरेको छ ।  विज्ञप्तिमा परिवर्तनका नाममा लेख्य नेपाली भाषाकोे अस्तित्वलाई नै सङ्कट पार्ने कार्यलाई आफूहरूले टुलुटुलु हेरेर बस्न नसक्ने उल्लेख छ ।  भाषासम्बन्धी विवाद तथा बहसलाई सम्बद्ध निकायले तुरून्त समाधान गर्ने प्रक्रिया सुरू गरी चित्तबुझ्दो समाधानका लागि कार्य गरोस् भन्ने आफूहरूको अपेक्षा रहेको विज्ञप्तिमा जनाइएको छ ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया