Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

शिक्षा दिवसको अवसरमा अनौपचारिकद्धारा लोक दोहोरी तथा लघु नाटक प्रतियोगिता

शुक्रबार, १७ भदौ २०७३

भक्तपुर - राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको सप्ताह ब्यापी कार्यक्रम शुक्रबार देखि शुरु भएको छ । उक्त अवसरमा अनौपचारिक शिक्षा केन्द्रले लोक दोहोरी तथा लघु नाटक प्रतियोगिता आयोजना गर्यो ।

अनौपचारिक प्रौढ विद्यालय र सामुदायिक अध्ययन केन्द्रका प्रतियोगीहरु मध्ये लोक दोहोरी तर्फ धापाखेल सामुदायिक अध्ययन केन्द्र ललितपुर प्रथम भएको छ । लघु नाटक तर्फ प्रेरणा महिला विद्यालय ललितपुर प्रथम भएको छ । लोक दोहोरीमा जागृती सामुदायिक अध्ययन केन्द्र काठमाडौं दोश्रो र धापासी सामुदायिक अध्ययन केन्द्र काठमाडौं तेश्रो भएका छन् ।

यसैगरी लघु नाटक तर्फ आस्था महिला विद्यालय भक्तपुर दोश्रो र शेष नारायण महिला विद्यालय काठमाडौं तेश्रो भएका छन् ।

पहिलो, दोश्रो र तेश्रो समूहलाई क्रमशः १०, ७ र ५ हजार तथा प्रमाणपत्र प्रदान गरिएको छ । सबै सहभागिलाई प्रशंसा पत्र प्रदान गरिएको छ । प्रतियोगितामा दुवै विधामा गरी ९ समूह सहभागि भएको केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति २०७३ भदौ १७ गते

प्रतिक्रिया