Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

विद्यार्थी ओसारपसार गर्ने चालकहरुलाई प्रशिक्षण

शुक्रबार, १७ भदौ २०७३

भक्तपुर - महानगरीय प्रहरी परिसर भक्तपुरले विद्यार्थी ओसार पसार गर्ने सवारी चालकहरुलाई प्रशिक्षण दिएको छ ।

भक्तपुर जिल्लामा रहेका विभिन्न निजी तथा सरकारी बिद्यालयका विद्यार्थी ओसार पसार गर्ने सवारी साधनका ७३ जना चालकहरुलाई सडक सुरक्षा बारेमा प्रशिक्षण दिएको हो ।

सम्भावित सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न, ट्राफिक संकेत तथा नियमबारे जानकारी दिन तथा सुरक्षित रुपमा सवारी साधन चलाउने तरिका, सवारी साधन चलाउनु पुर्व अपनाउनु पर्ने सावधानी, सवारी तथा यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएका कानुनी प्रावधानहरु लगायतका बिषयमा अनुशिक्षण भएको परिसरका प्रमुख एसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

प्रशिक्षणमा विद्यार्थी बोक्ने बस चालक तथा सहचालहरुले निभाउनुपर्ने भूमिकाबारे  ट्राफिक प्रहरीहरु विष्णु थापा, प्रहरी निरीक्षक प्रकाश विष्टले कक्षा सञ्चालन गरेका थिए ।

प्रकाशित मिति २०७३ भदौ १७ गते

प्रतिक्रिया