Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

सिन्धुली क्याम्पसलाई गुणस्तर प्रमाण पत्र

आइतबार, १३ भदौ २०७२

काठमाडौं १३ भदौ / विश्व विद्यालय अनुदान आयोगले सिन्धुली बहुमुखी क्याम्पसलाई गुणस्तर सुनिश्चितता प्रमाण पत्र प्रदान गरेको छ ।

सिन्धुली बहुमुखी क्याम्पसलगायत देशका अन्य तीन क्याम्पसलाई पनि गुणस्तर सुनिश्चितता प्रमाण पत्र वितरण गरिएको आयोगले जनाएको छ ।

क्याम्पसको भौतिक अवस्था, प्रदान गरेको सेवा तथा सुविधाहरु, स्तरीयता लगायतका विषयमा तीन चरणको अनुगमन पछि प्रमाण पत्र प्रदान गरिएको हो । प्रमाण पत्र पाएपछि सिन्धुली क्याम्पसबाट उर्तिण विद्यार्थीले प्राप्त गर्ने सर्टिफिकेट थप विश्वसनिय हुने बताइएको छ ।

कारोबारमा खबर छ ।

प्रतिक्रिया