Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

पढाई छाडेकाहरु जान थाले स्कुल

शुक्रबार, १७ भदौ २०७३

दैलेख - गरीबीका कारण विद्यालय पोशाक नभएर विचैमा पढाई छाडेका बाँसी गाउँविकास समितका पाँच जना बालबालिकालाई गाविसले पोशाक ब्यवस्था गरेसंगै उनीहरु विद्यालय जान थालेका छन् ।

श्री नेरा निमावि सुवाकोटका छात्र सन्ते सुनार, वसन विक र श्री मालिका माविका छात्र धनबहादुर शाहीm विष्णु बुढा र नरेश नेपालीलाई  पोशाक वितरण गरिएको हो । गाविसको लक्षित वर्ग कार्यक्रमको बजेटबाट पोशाक वितरण गरिएको गाविस सचिव प्रेमबहादुर विष्टले जानकारी दिए । उनले भने,हामीले गाविसको लक्षित बर्गको विनोजियत बजेटबाट विचमै पढाई छाडेका अति विपन्न बालबालिकालाई  पोशाक उपलब्ध गराएर विद्यालय पठाएका छौं, पढाईमा प्रेरणा मिल्ने आशा छ ।

गाविसमा गठित गाउँ बाल संरक्षण तथा सम्बद्र्धन समिति र सुन्दर बाल सञ्जालको सहजीकरणले गाविसको लक्षित वर्गको बजेट उक्त काममा खर्च भएको हो ।
मंगलबार एक कार्यक्रममा नेपाली काँग्रेसका गाउँ कार्य समितिका सभापति चक्रबहादुर बुढाल पोशाक वितरण गरेका थिए ।

गरीब परिवारका बालबालिकाले पोशाक नभएकै कारण स्कुल जान छाडेकाले पोशाक वितरण गरिएको अभियानकर्ता मिना स्वर्णकारले बताईन् । 

खबर र तस्वीर : भक्तबहादुर शाही 

प्रकाशित मित २०७३ भदौ १७ गते   

प्रतिक्रिया