Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

जागिर छाडेको आठ महिना पछि पनि शिक्षकलाई छाडेन अख्तियारले

विहीबार, १६ भदौ २०७३

काठमाडौं - नक्कली लाईसेन्स बुझाएर ५ बर्ष सम्म शिक्षक भएका विनोद कुमार भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा हालेको छ । जनप्रिय निम्न माध्यमिक विद्यालय भुवन पोखरी, पाल्पामा निम्न माध्यामिक तहको शिक्षक हुन भण्डारीले झुठ्ठा स्थायी अध्यापन अनुमती पत्र पेश गरेको अख्तियारको दावी छ ।

भण्डारी २०६६ भदौ १० गते देखी नियुक्ति भई २०७१ पुस १६ गते सम्म कार्यरत थिए । झुठा विवरण बुझाई लाभ तथा सुविधा लिई भ्रष्टाचार गरेको ठहर सहित अख्तियारले विशेष अदालतमा मुद्धा हालेको हो ।

प्रकाशित मिति २०७३ भदौ १६ गते

प्रतिक्रिया