काठमाडौ १६ भदौ / पाँचथरको सुभाङ गाविसको एक परिवारले स्थानीय सरस्वती माविलाई डेढ लाखभन्दा बढीको शैक्षिक सामग्री सहयोग गरेको छ ।
आफ्ना दिवगङ्त पिता बजीन्द्र सुहाङ र स्वर्गीय माता तुलसा सुहाङको स्मृतिमा उनीहरूका सन्तान प्रेम, विक्रम, कुमारी र शान्ति सुहाङले १ लाख ५९ हजार ६ सय रुपैयाँबराबरको शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
विद्यालयमा शैक्षिक क्रियाकलापका लागि भन्दै लागि २ थान डेस्कटप कम्प्युटर, ६ थान बालमैत्री फर्निचर र विद्यालय प्रवेश द्वारका लागि सामग्री प्रदान गरेको सुहाङ परिवारले जानकारी दिएको छ ।
अभियानमा प्रकशित खबर ।
प्रतिक्रिया