Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

एसएलसी पूरकको नतिजा सार्वजनिक

बुधबार, १५ भदौ २०७३

भक्तपुर / परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज साँझ प्रवेशिका (एसएलसी) पुरक अर्थात ग्रेड बृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै अनुसार परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तर अर्थात ग्रेड बृद्धि भएको जानकारी दिनुभयो । ४० जनाको नतिजा भने स्थगित गरिएको छ ।

परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरि ६७ हजार ७३ जना परीक्षार्थी सहभागि भएका थिए ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमित तर्फ १ लाख ८ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरि कूल १ लाख ४७ हजार ५८३ जना सहभागि हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागि भएका थिए ।

कार्यालयले परीक्षा गतसाउन १४ गतेदेखि २१ गतेसम्म संचालन गरेको थियो ।

प्रकाशि मिति २०७३ भदौ १५ गते ।

प्रतिक्रिया