Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

आइसक्यो शिक्षा दिवस नाराको भने अझै छैन अत्तोपत्तो

मंगलबार, १४ भदौ २०७३

काठमाडौं १४ भदौ /राष्ट्रिय शिक्षा दिवस मनाउने परम्परागत प्रचलनमा सुधार हुन सकेको छैन । शिक्षा दिवस मनाउन सुरु गरिएको ४२ वर्ष भएको छ ।  नारा चयन गर्ने, सर्वाेत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र शिक्षा पदक तथा प्रमाणपत्र पाउनेहरूको नाम घोषणा गर्ने प्रचलन सुरुदेखि नै रहँदै आएको छ ।

यही भदौ २३ गते ३७ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । सो दिवस मनाउन गठित मूल समारोह समितिको सोमबार बसेको बैठकका वक्ताहरूले शिक्षा दिवस मनाउने तौरतरिकामा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

शिक्षा मन्त्रालयले भदौ १७ गतेबाट साता व्यापी शिक्षा दिवस मनाउने निर्णय गरेको छ, तर दिवसको साताव्यापी कार्यक्रम सुरु हुन पाँच दिन बाँकी रहँदा बल्ल बैठक बोलाइएको छ । नाराको भने अझै अत्तोपत्तो छैन ।

गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया