Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षालाई गुणस्तरीय बनाउन पढाई शिविर

सोमबार, १३ भदौ २०७३

- भक्तबहादुर शाही / दैलेख - सिगौडी –९ स्थित नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालय कक्षा –२ का छात्रा मनिषा वि.क प्रत्येक शनिबार गाउँमै सञ्चालन हुने पढाई शिविरमा पुग्छिन् । गीत, कविता, तथा नाचगानको माध्यमबाट विभिन्न जीवन उपयोगी सीप सिक्छिन् । उनकै साथी अस्मिता वि.क निरु कार्की लगायत २६ जना बालबालिका  प्रत्येक शनिबार अध्ययनको लागि  कक्षामा आउँछन् ।

प्राथमिक शिक्षालाई गुणस्तरीय र बालबालिकाहरुमा नियमिति पढ्ने बानिको विकास गर्न शिविर सञ्चालन गरिएको हो ।

जिल्ला शिक्षा कार्यालय दैलेखसंगको समन्वयमा विभिन्न गैह्र सरकारी संस्थाको सहयोगमा पढाई शिविर सुरु भएपछि उनीहरुमात्र होइनन् जिल्लाका राकमकर्णाली, विशाला, पादुका, चामुण्डा, जम्बुकाँध, सेरी, खड्कावाडा, पिलाडी, लालिकाडाँ गाविसका प्रत्येक टोलका बालबालिका यस्तै पढाई शिविरका विभिन्न क्रियाकलापहरुमा सहभागी हुन थालेका छन् ।

शिविर सञ्चालन भएपछि विद्यालय समय भन्दा खेलेर समय विताउने  बालबालिकाले खेल, कथा, कविता, नाटक तथा नाचगान मार्फत नयाँ कुराहरु सिक्ने थालेका छन् । यस्तो विधिको पढाईले विद्यार्थीको सिकाइमा सुधार ल्याएको नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक धन बहादुर बोहराले बताए ।

अहिले दश गाविसका तीस वटा टोलमा पढाई शिविर सञ्चालन भईरहेको छ । शनिबारका दिन बालबालिकाहरुलाई पायक पर्ने स्थानमा शिविर सञ्चालन हुन गरेको छ । पहिलो चरणमा १५ ओटा विद्यालयका सेवा क्षेत्रका २÷२ ओटा टोलमा शिविर सञ्चालन गरिएको सामाजिक सेवा केन्द्र सोसेकले जनाएको छ ।

बालबालिकाहरुमा पढाईतिर रुची जगाउन र  स्तर अनुकुल पढ्ने क्षमता विकास गर्ने, कक्षा कोठामा शिक्षा साथै सिप सम्वन्धि ज्ञान लिनका लागि शिवीर सञ्चालन गरिएको सेभ द चिल्ड्रेन संगको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाका संयोजक रत्न बहादुर बुढाले बताए ।

शिविरमा बालबालिकाहरुले व्यक्तिगत सरसरफाई, स्वास्थ्य सम्वन्धि विभिन्न सीपहरु सिक्ने, व्यवहारिक विषयबस्तुहरु सिकाईने भएकाले बानी र व्यवहारमा सकारात्मक परिवर्तन आउन सक्ने शिक्षक बहोराको भनाई छ । शिविर सञ्चालनका लागी केन्द्रले ६० जना स्वयम सेवकलाई शिविर तालिम दिइ परिचालन गरेको छ । 

प्रहाकित मिति २०७३ भदौ १३ गते

प्रतिक्रिया