Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षकले दिए शिक्षामन्त्रीलाई चुनौति

आइतबार, १२ भदौ २०७३

काठमाडौँ / गएको भाद्र ७ गते देशभरका जिल्ला शिक्षा कार्यालयमा एक घन्टा काम ठप्प पारी आन्दोलनमा उत्रेका अस्थायी शिक्षकहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरुले अस्थायी शिक्षकहरुलाई विस्थापन गर्ने नियतले नै ल्याइएको ऐनको विरोध गर्दै उक्त ऐन कार्यान्वयनमा उल्लेख भएबमोजिम अस्थायी शिक्षकलाई बिदाइ गरे आन्दोलन अझ शसक्त बनाउने बताउँदै ऐन कार्यान्वयन नगर्न शिक्षामन्त्रीलाई आग्रह गरेका छन् ।

वि.स.२०६३ सालकै ऐन र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन हुनुपर्ने तथा उमेर हदका कारण अवकाश भएका शिक्षकहरुलाई समेत सुविधा दिनुपर्ने प्लेकार्डसहित आन्दोलनमा उत्रिएका शिक्षकहरुले ऐन कार्यान्वयनले अझ विकराल स्थिति पैदा गर्ने भन्दै ऐनमा संसोधन गर्न समेत माग गरे ।

शिक्षा ऐनको आठौं संसोधनले अस्थायीमाथि अझ अन्याय गरेको निश्कर्ष निकाल्दै अस्थायी शिक्षकहरुले शिक्षा ऐनकै विरोधमा प्रदर्शन गरेको शिक्षकहरुले बताएका थिए । विरोध ¥याली शान्तिवाटीकाबाट सुरु भएर बागबजार, भद्रकाली, सुनधारा हुँदै पुनः शान्तिवाटीकामै सकिएको थियो । उनीहरुले शान्तिवाटीकामा कोणसभामा समेत गरेर सरकारको ध्यानाकर्षण गर्दै आफ्नो मागहरु सम्बोधनका लागि आग्रह गरे ।

सभामा अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले संसोधित ऐनकैक कारण अस्थायी शिक्षकहरु घरको न घाटको अवस्थामा पुगेको बताउँदै देशमा कानूनी राज्य नभएको अवस्था सिर्जना भएको बताए । अध्यक्ष कुँवरले अस्थायी शिक्षकहरुलाई व्यवस्थापन गर्नका लागि विभिन्न समयमा भएका सहमति पूर्ण रुपमा पालना नगरी सरकारले शिक्षकहरुको भावना  विपरीत ऐन ल्याएको कारण आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताउँदै शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनबाट पनि सरकारको ध्यानाकर्षण नभए कडा आन्दोलन गर्न पन िपछि नपर्ने चेतावनी दिए ।

‘अब अस्थायी शिक्षकलाई न्याय दिलाएरै छाड्छौँ, अब जिल्ला जिल्लाबाट, स्कुल स्कुलबाट आन्दोलन हुन्छ ।’ अध्यक्ष कुँवरले भने ।

प्रकाशित मिति २०७३ भदौ १२ गते ।

प्रतिक्रिया