Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

‘कुनै कामलाई नि मन्त्रालयले रोक्ने छैन’ : शिक्षामन्त्री पौडेल

आइतबार, १२ भदौ २०७३

– हरिसुन्दर छुकां – भक्तपुर / पदभार ग्रहण गरेको तेस्रो दिनमा सानोठिमीका पाँचवटा कार्यालयमा पुगेर शिक्षामन्त्री डीआर पौडेलले शिक्षाका कार्ययोजनाहरुलाई मन्त्रालयले नरोक्ने बताएका छन् ।

सानोठिमीस्थित विभिन्न कार्यालयको गतिविधि, समस्या र आगामी योजनाबारेमा जानकारी लिने काममा समय बिताएका उनले आइतबार उक्त कुरा बताएका हुन् ।

बिहान ११ बजे अनौपचारिक शिक्षा केन्द्रमा पुगेर शिशक्षाका कार्यालयहरुका अधिकारीहरुबाट भएको ‘ब्रिफिङ’ मा समय व्यतित गदैै कार्यालय तथा कर्मचारीहरुसँग परिचय गर्न र अन्तरक्रिया गरेका उनले शिक्षाका समस्या समाधान गर्न आफू तत्पर रहेको बताए ।

‘मन्त्रीज्यू सामु हामीले यस केन्द्रको काम, गतिविधि, भावी योजना र समस्याबारेमा ‘ब्रिफिङ’ गर्यौं,’ अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुंगेलले भने, ‘त्यसपछि उहाँले आफ्नो सम्बोधनमा समस्या समाधानका लागि कार्ययोजना पेश गर्न निर्देशन दिनुहँदै कार्ययोजना पास गर्न मन्त्रालय बाधक नहुने बताउनुभयो ।’

उनले मात्र नभएर पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी टुकराज अधिकारीले पनि शिक्षामन्त्री पौडेलले शिक्षामा देखिएका जटिलता फुकाउन आफू तयार भएकोले समस्या समाधानका लागि योजना बनाएर मन्त्रालयमा बुझाउन निर्देशन दिएको जानकारी दिए ।

‘मन्त्रीज्यू, राज्यमन्त्रीज्यूले पहिला यस केन्द्रका गतिविधिबारेमा जानकारी लिनुभयो र सम्बोधनको क्रममा समस्या समाधानका लागि म सहयोग गर्न तयार छु भनेर भन्नुभयो ।’

मन्त्री तथा राज्यमन्त्री धनमाया विकको उपस्थितिले अनौपचारिक शिक्षा केन्द्र तथा पाठ्यक्रम विकास केन्द्रका कर्मचारीहरुलाई काम गर्न उत्साह मिलेको त्यहाँका अधिकारीहरुको भनाइ छ ।

जानकारी क्रममा शिक्षक सेवा आयोगमा पनि एक घन्टा समय दिएका मन्त्री पौडेलले शिक्षक सेवा आयोगका समस्याहरु बारेमा आफू गम्भीर भएको बताएको आयोगका एक कर्मचारीले भने । उनले शिक्षक सेवा आयोगले विगतमा सरकारसमझ राखेका मागहरुप्रति मन्त्री पौडेल निक्कै सकारात्मक भएकोमात्र नभएर मागप्रति सकारात्मक भाव व्यक्त गर्दै आफ्नो पालोमा माग सम्बोधन गर्ने बताएको जानकारी दिए ।

सो क्रममा मन्त्री पौडेलले शिक्षा ऐनपछिको शिक्षक व्यवस्थापनका लागि भएका समस्याहरुलाई समाधानका उपायसम्बन्धमा पनि चासो राखेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

शिक्षक सेवा आयोगपछि मन्त्री पौडेलको यात्रा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटीइभिटी)मा पगेका थिए ।

प्रत्येक कार्यालयमा पुग्दा मन्त्री र उनको टोलीलाई कार्यालयका अधिकारीहरुले बधाईसँगै कार्यकालको शुभकामना दिएका थिए । कार्यालयमा पुगेपछि त्यहाँका अधिकारीहरुसँग परिचयात्मक कार्यक्रमपछि कार्यालयबारेमा ब्रिफिङ गर्न निर्देशन दिँदै कार्यालयहरुबारेमा जानकारी लिएका थिए ।

सानोठिमीका पाँच कार्यालयहरुको जानकारी पूर्ण रपमा लिने समयतालिका लिएर आए पनि मन्त्रीको उक्त टोलीले आइतबार चारवटा कार्यालयका बारेमा मात्र जानकारी लिन भ्याएका थिए । मन्त्री जनक शिक्षा सामग्री केन्द्रमा भने जान भ्याएनन ।

- See more at: http://edukhabar.com/index.php/2014-10-24-08-14-29/4492-dr-paudel#sthash.okvwn3cv.dpuf
आइतबार अचानक किन पुगे शिक्षामन्त्री सानोठिमीमा ?
आइतबार अचानक किन पुगे शिक्षामन्त्री सानोठिमीमा ?
आइतबार अचानक किन पुगे शिक्षामन्त्री सानोठिमीमा ?
आइतबार अचानक किन पुगे शिक्षामन्त्री सानोठिमीमा ?

प्रकाशित मिति २०७३ भदौ १२  ।

 

प्रतिक्रिया