Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

आइतबार अचानक किन पुगे शिक्षामन्त्री सानोठिमीमा ?

आइतबार, १२ भदौ २०७३

भक्तपुर– शुक्रबार पदभार ग्रहण गरेका शिक्षामन्त्री डीआर पौडेल आइतबार शिक्षा मन्त्रालय बाहेक शिक्षाका सबै निकाय रहेको सानोठिमी पुगेका छन् । उनी बिहान ११ बजे अनौपचारिक शिक्षा केन्द्रमा पुगेका थिए ।

मन्त्री भइसकेपछि शिक्षाबारेमा जानकारीका साथै शिक्षाका सबै निकायहरुको काम, कर्तव्य र समस्याहरुका बारेमा जानकारी लिन मन्त्री पौडेल, शिक्षा राज्यमन्त्री र शिक्षा मन्त्रालयका निमित्त सचिव डिल्लीराम रिमालसहितको टोली सानोठिमी पुगेका हुन् । आइतबार उनले पाँचवटा कार्यालयमा पुगेर सम्बीन्धत कार्यालयहरुको जानकारी लिएका थिए ।

मन्त्री ११ बजे अनौपचारिक शिक्षा केन्द्रमा पुगेका थिए । केन्द्रमा उनले एक घन्टा समय बिताएका थिए ।

केन्द्रमा उनले निर्देशक, सहायक निर्देशक तथा शाखा प्रमुखहरुसँग अन्तरक्रिया गरेका थिए । उनले सो क्रममा नेपालको साक्षरता स्थिति, आगामी योजना, समस्याहरुबारेमा जानकारी लिएका थिए ।

मन्त्री पौडेललाई अनौपचारिक शिक्षा केन्द्रको बारेमा निर्देशक दिवाकर ढुंगेलले ब्रिफिङ गरेका थिए । केन्द्रको बारेमा जानकारी लिएपछि मन्त्रीले समस्याका बाबजुद पनि काम गर्नका लागि निर्देशन दिएका थिए भने उनीसँगै रहेकी शिक्षा राज्यमन्त्री धनमाया * विकले बालश्रमका कारण शिक्षा पाउन नसकेका बालबालिकाहरुलाई शिक्षाको दायराभित्र ल्याउनका लागि केन्द्रले पनि भूमिका खेल्नुपर्ने बताएकी थिइन् ।

केन्द्रका निर्देशक ढुंगेलले मन्त्रीले अनौपचारिक शिक्षाका योजनाहरु मन्त्रालयमा पेश गर्न निर्देशन दिँदै योजना कार्यान्वयन गर्नमा मन्त्रालयले आनाकानी नगर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । यो समाचार तयार हुँदा सम्म शिक्षामन्त्री पाठ्यक्रम विकास केन्द्रमा रहेका छन् ।

उनले आजै शिक्षक सेवा आयोग, जनक शिक्षा सामग्री केन्द्र र सिटीइभिटीमा पनि पुग्ने कार्यक्रम बनाएको स्रोतको भनाइ छ ।

* सच्याईएको - सं.

प्रकाशित मिति २०७३ भदौ १२ 

प्रतिक्रिया