Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

शिक्षा कार्यालय घेराउ गर्न विद्यार्थीलाई उर्दी

सोमबार, १४ भदौ २०७२

काठमाडौं १४ भदौ / नेपाल शिक्षक महासंघले आज सोमबारका लागि तय गरेको शिक्षा विभाग घेराउ कार्यक्रममा एक विद्यालयबाट एक जना शिक्षकलाई अनिवार्य उपस्थित गराउन उर्दी जारी गरेको छ। आन्दोलन परिचालन उप–समितिको शनिबार बसेको बैठकले सो उर्दी जारी गरेको हो।

समितिले काठमाडौं, ललितपुर र भक्तपुरका सबै घटकका सबै जिल्ला समितिलाई अनिवार्य धर्ना कार्यक्रममा उपस्थिति गराउनुपर्ने, मध्यमाञ्चल विकास क्षेत्रबाट शिक्षक महासंघ र आवद्ध घटकहरूका केन्द्रीय समितिमा रहनुभएका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्युहरू अनिवार्य उपस्थिति हुनुपर्ने, छिमेकी जिल्ला काभ्रे, धादिङ र नुवाकोटबाट प्रत्येक घटकले कम्तीमा १५–१५ जना तथा सिन्धुपाल्चोक र चितवनबाट १०–१० जना अनिवार्य सहभागी गराउनुपर्ने उर्दी जारी गरेको छ।

आन्दोलन उपसमितिले शिक्षकलाई विद्यालयमा पढाउन छाडेर आन्दोलनमा उपस्थित हुन उर्दी जारी गरेपछि पठन–पाठनमा समेत समस्या हुने भएको छ। बिहान १० बजेबाट शुरू भएर ३ बजेसम्म आयोजना हुने धर्ना कार्यक्रममा सबैलाई पूरै अवधिभर अनिवार्य बस्नुपर्नेछ बाध्यकारी व्यवस्था गरिएको छ। समितिले शिक्षकहरू उपस्थित हुन नसक्ने देखिएपछि सहभागीहरूको जिल्लागत अलग–अलग उपस्थिति विवरण तयार गरिने जानकारी गराएको छ।

नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया