Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

११ सय १७ शिक्षक पदका लागि १ लाख १६ हजार ३ सय ४० परीक्षार्थी

शनिबार, ११ भदौ २०७३

भक्तपुर– निम्न माध्यमिक विद्यालयको स्थायी शिक्षक पदका लागि देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाको सहभागिता रहको छ ।

शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले शनिबार भएको परीक्षामा उक्त संख्यामा परीक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

उनले कूल ११ सय १७ रिक्त पदका लागि विज्ञापन भएकोमा सोको संख्यामा परीक्षार्थीहरुको सहभागिता रहेको बताउँदै २२ जिल्लामा परीक्षा सञ्चालन भएको पनि बताए ।

उनका अनुसर कूल ५ सय ८६ केन्द्र निर्धारण गरिएको परीक्षा केन्द्रमध्ये ललितपुरमा सबैभन्दा बढी ६५ र डढेलधुरामा सबैभन्दा कम ८ परीक्षा केन्द्र निर्धारण भएका छन् । परीक्षा मर्यादित रुपमा सञ्चालन भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०७३ भदौ ११ गते ।

प्रतिक्रिया