Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

बुवा शिक्षा मन्त्री हुँदा छोरीहरुको कामना - दलालहरु छेउ पर्न डराउन !

शुक्रबार, १० भदौ २०७३

काठमाडौं - माओवादी केन्द्रका नेता डीआर पौडेल शिक्षा मन्त्री भएसँगै उनका छोरीहरुले सामाजिक सञ्जाल फेसबुक मार्फत् शुभकामना दिदैं शिक्षा क्षेत्रका दलालहरु छेउ पर्न डराउने गरी काम गर्न सुझाव दिएका छन् ।
'शिक्षा क्षेत्रका दलालहरु तपाईको छेउ पर्न डराउन' जेठी छोरी जागृती पौडेलले फेसबुकमा लेखेकी छन्, 'हजुरले सधै हामीलाई अनि सबैलाई भन्दै र सिकाउदै आएको सर्वसुलभ र जनमुखि शिक्षा पद्धतिको थोरै भए पनि सबैले ब्यवहारमै अनुभुति गर्न पाउन् ।'

मन्त्रीको जिम्मेवारी संगै डिग्रीको सर्टि्फिकेट लिएर विदेशी दुतावासमा लाम लाग्न बाध्य नेपाली युवाका लागी स्वदेशमै मौका सिर्जना गर्ने अवसरको युग बनाउन उनले बुवालाई सुझाव दिएकी छन् । बाबा तपाईको मन्त्री पद सम्पूर्ण नेपाली छोराछोरीका लागी अभिवाभकत्व महसुस हुने समय बनोस् जसले कहिल्यै विद्यालयको मुहार नदेखेका हुन्, उनीहरुका लागी तपाई अर्को बाबा बन्नुहोस् । उनले लेखेकी छन् ।

यस्तै पौडेलकी कान्छी छोरी आकृतिले पनि फेसबुक मार्फत् गम्भिरता पूर्वक, दत्तचित्त भएर शान्त दिमाग साथ सरकारले दिएको जिम्मेवारी पुरा गर्न आफ्ना बुवालाई सुझाव दिएकी छन् ।

मन्त्री पौडेलका दुई सन्तान मध्ये जेठी छोरी जागृती ललितपुर सातदोवाटोमा रहेको एसियन कलेज फर एडभान्स स्टडिजमा जन स्वास्थ्यमा स्नताक गर्दै छिन् । 

पौडेलकी कान्छी छोरी आकृती भने नवलपरासीको गैंडाकोटमा रहेको कालिका मेडिकल एण्ड टेक्निकल कलेजमा नर्सिङ् पढ्दै छिन् । 

उनीहरु दुवै जनाले काठमाडौं डल्लुमा रहेको फ्युचर स्टार स्कुलबाट विद्यालय शिक्षा पुरा गरेका हुन् ।

यो पनि पढ्नुहोस् : शिक्षा मन्त्रालयबारे शिर्ष नेताहरुको निर्णय, पौडेल नै शिक्षा मन्त्री

नयाँ शिक्षा मन्त्री पौडेल, मन्त्री चयन ढिलो हुनुका भित्रि कुरा

प्रकाशित मिति २०७३ भदौ १० गते

प्रतिक्रिया