Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

विश्वविद्यालयमा आक्रमण, ७ विद्यार्थी सहित १३ जना मारिए

विहीबार, ०९ भदौ २०७३

काठमाडौं - अफगानिस्तानको राजधानी काबुल स्थित अमेरिकन विश्वविद्यालयमा आक्रमण हुँदा ७ विद्यार्थी सहित १३ जनाको मृत्यु भएको छ ।

विश्वविद्यालयमा आक्रमण भएको १० घण्टा पछि हमलामा संलग्न दुई जनालाई मारेको काबुल प्रहरीले जनाएको छ । हमलामा ३५ विद्यार्थी तथा ९ प्रहरी घाइते भएका छन् । आक्रमणकारीको नियन्त्रणमा रहेका ७ सय ५० विद्यार्थी तथा कर्मचारीलाई सकुशल उद्धार गरिएको बीबीसीले जनाएको छ । 

अझै कोही ब्यीक्त त्यहाँ फसिरहेका भए फेसबुक अथवा ट्विटर मार्फत जानकारी गराउन काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहीमीले जनाएका छन् ।

रहीमीले बीबीसीलाई बताए अनुसार आक्रमणकारीद्धारा मारिनेमा तीन प्रहरी तथा विश्वविद्यालयका तीन सुरक्षा गार्ड समेत छन् । प्रहरी आक्रमणकारीको खोजीमा जुटेको उनको दावी छ ।

उक्त विश्वविद्यालयमा लगभग १७ सय विद्यार्थी पढ्छन् ।

प्रकाशित मिति २०७३ भदौ ९ गते

प्रतिक्रिया