Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षकहरुद्धारा मन्त्रालय तथा राजनीतिक दलका मुख्य नेताकै घरमा धर्ना दिने तयारी

सोमबार, १४ भदौ २०७२

काठमाडौं १४ भदौ / पटक पटकको धर्नाले समेत आफ्ना मागको सुनुवाई नभएपछि शिक्षकहरुले मन्त्रालय तथा राजनीतिक दलका मुख्य नेताकै घरमा धर्ना दिने तयारी गरेका छन् । जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय हुँदै सोमबार शिक्षा विभागमा धर्ना दिएपछि नेपाल शिक्षक महासंघ अव मन्त्रालय तथा दलका नेता केन्द्रित आन्दोलन गर्ने टुङ्गोमा पुगेको नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले एडुखबरलाई बताए । मंगलबार बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्ने उनको भनाई छ ।

'हामीले प्रजातान्त्रिक विधि र मान्यता अनुसार धर्ना र छलफल चलायौं, तर कतैबाट सुनुवाई भएन' उनले भने, 'यसलाई हाम्रो कमजोरी ठानेको आभाष भएकोले अब मन्त्रालयमै काम रोक धर्ना तथा दलका नेताहरुलाई नै खबरदारी गर्नु पर्ने हाम्रो निस्कर्ष हो ।'

सोमबार विहान ९ बजे देखि शुरु धर्ना दिउँसो ३ बजे सम्म जारी थियो ।

धर्नामा बोल्दै अध्यक्ष निरौलाले सरकारले शिक्षक र शिक्षा क्षेत्रलाई वेवास्ता गरेकै अवस्थामा  संविधानको मस्यौदामा झन् हेपिएको महशुस गरेकोले आन्दोलित बनाएको बताए । शिक्षा ऐन आउनासाथ शिक्षा र शिक्षकका सबै समस्या समाधान हुने भन्दै उनले यसतर्फ राज्य गम्भिरहुन आग्रह गरे ।

कार्यक्रममा बोल्ने शिक्षक नेताहरुले आफूहरुसंग भएका सहमती कार्यान्वयनमा राज्य गम्भिर नहुनु लाजमर्दो भएको भन्दै आक्रोस ब्यक्त गरे ।

शिक्षक महासंघको आन्दोलन बारेका खबर पढ्नुहोस् :

शिक्षकद्धारा क्षेत्रीय शिक्षा निर्देशनालयमा धर्ना

शिक्षकद्धारा देशभरका शिक्षा कार्यालयमा धर्ना

शिक्षक महासंघ विरुद्धको मुद्धाको पेशी सर्यो

फोटो : तीलक कुवँरको फेसबुकबाट 

प्रतिक्रिया