Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

मोबाइल प्रतिवन्ध गर्ने विद्यालयको नजिता उत्कृष्ट

सोमबार, ११ असोज २०७२

काठमाडौं ११ असोज / विद्यालयमा मोवाईल फोनको प्रयोग रोक्ने हो भने बर्ष भरीमा एक हप्ता धेरै पढे बराबरको पढाई हुने एक अध्ययनले देखाएको छ । लण्डन स्कुल अफ इकोनोमिक्सको सेन्टर फर इकोनोमिक्स पर्फमेन्स्ले गरेको अध्ययनले विद्यार्थीको पढाइको स्तर सुधार्ने हो भने उनिहरुले मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने निष्कर्ष निकालेको छ ।

मोवाइल फोनमा प्रतिवन्ध लाग्नु अघि र लागिसकेपछि बेलायतका विभिन्न ४ शहरका विद्यालयहरुमा गरिएको सर्वेक्षणले यस्तो तथ्य पत्ता लगाएको हो ।
लुइस फिलिप्पे बिल्याण्ड र रिचार्ड मर्फीले गरेको अनुुसन्धानले विद्यालयमा मोवाइल फोन प्रतिवन्ध गर्दा १६ वर्षे विद्यार्थीको परिक्षाको नतिजामा ६ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्य फेला पारेको छ । यो विद्यालयको वार्षिक दिनमा ५ दिन थप गरे सरह हो ।

वेलायतमा ९० प्रतिशत भन्दा बढी किशोर–किशोरीसँग मोवाइल फोन रहेको र अमेरीकामा ३ जना मध्ये एकसँग मात्र मोवाइल फोन हुने गरेको अध्ययनले पत्ता लगाएको छ । मोवाइल फोनको प्रयोगले विद्यालयका प्रधानाध्यापकलाई समेत समस्या हुने गरेको छ र यसका कारण मोवाइल फोन प्रति उनीहरुको धारणा नराम्रो हुने गरेको समेत फेला पारेको छ ।

उक्त अनुसन्धानका बारेमा बेलायतबाट प्रकाशति हुने पत्रिका द गार्जियनले “विद्यार्थीलाई विद्यालयमा मोबाइल फोन लान दिने कि नदिने ?” भन्ने विषयमा अर्थशास्त्रीले यसको उत्तर पत्ता लगाएको भन्दै समाचार छापेको छ ।

सन् २००१ मा गरिएको सर्वेक्षणमा कुनैपनि विद्यालयले मोवाइल फोनलाई प्रतिवन्ध लगाएका थिएनन् । तर २००७ मा ५० प्रतिशत र २०१२ मा ९८ प्रतिशत विद्यालयले विद्यालय हाता भित्र मोवाइल प्रवेश गर्न दिएनन् अथवा विद्यालय सुरु हुनु भन्दा पहिले विद्यालयलाई मोवाइल बुझाउनु पर्ने नियम बनाए ।

तैपनी, केही विद्यालयले मोवाइल फोनको सिमित प्रयोग गर्न अनुमति दिए ।
न्युयोर्कका मेयर विल डे बाल्सिओले असमानतालाई कम गर्ने भन्दै नगर विद्यालयका कुलपतिसँग मिलेर विद्यालय हातामा मोवाइल फोनको १० वर्षे प्रतिवन्ध हटाएका थिए ।

तर अनुसन्धानकर्ता विल्याण्ड र मर्फीले यो धारणालाई गलत रुपमा लिइएको बताए । उनिहरुका अनुसार यो प्रतिवन्धले विद्यार्थीहरुको नतिजामा सुधार आउने र कम नम्बर ल्याउने विद्यार्थीेले पनि सामान्य विद्यार्थीले ल्याएको नम्बर बराबर ल्याउन सक्ने छ । यो प्रतिवन्धले त्यस्ता विद्यार्थीलाई राम्रो प्रभाव पारेको छ जस्लाई विशेष शिक्षाको जरुरी रहेको र निशुल्क विद्यालयको खाना प्रदान गरिन्छ । यसले उच्च सफलता प्राप्त गर्ने विद्यार्थीलाई कुनै किसिमको असर गर्दैन ।

त्यसैले डे बाल्सीओले जुन कारण प्रस्तुत गरेर प्रतिवन्ध हटाए, त्यसले उल्टो अर्थ दिन्छ । अनुसन्धानकर्ताको निष्कर्ष छ “मोवाइल फोनलाई विद्यालयमा प्रयोग गर्न दिनाले विषेशगरी कम उपलब्धि र कम आम्दानी भएका विद्यार्थीलाई असर पर्छ । ”

प्रतिक्रिया