Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

कक्षाकोठाका गतिविधि गतिलो बनाउन सचिवको निर्देशन

बुधबार, ०८ भदौ २०७३

भक्तपुर / शिक्षा मन्त्रालयका सचिव डिल्लीराम रिमालले कक्षाकोठाको गतिविधिलाई गतिलो बनाउन  शिक्षकहरुलाई निर्देशन दिएका छन् ।

भक्तपुरको सूर्यविनायक नपा वडा नं. १३ लापुलीमा रहेको महांकालेश्वर प्राविको नवनिर्मित भवनको उद्घाटन गर्दै सचिव रिमालले शिक्षकहरुलाई उक्त निर्देशन दिएका हुन् ।

विद्यार्थीको सिकाइ उपलब्धि वृद्धिका लागि शिक्षकहरुकै भूमिका महत्वपूर्ण हुने बताउँदै उनले शिक्षण सिकाइको लागि भौतिक पूर्वाधारको सदुपयोगसँगै विद्यार्थीको समग्र विकासका लागि शिक्षकले नेतृत्व लिनुपर्नेमा जोड दिए ।
गत सालको बैशाख १२ गतेको भूकम्पले पूर्ण रुपमा क्षति भएको भवनलाई जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलको आर्थिक र प्राविधिक सहयोगमा पाँचकोठो पक्की भवन बनाएर बालबालिकाहरुको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न सहयोग पु¥याएकोमा धन्यवाद दिँदै सचिव रिमालले सामुदायिक विद्यालयको समस्याको रुपमा विद्यार्थी अभाव मुख्य भएकोले त्यतातिर विद्यालय प्रशासन र विव्यसले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर जिल्लाका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, विद्यालयका प्रिन्सिपल कृष्णहरि कार्की, एभरेष्ट इन्टरनेशनल स्कुलका प्रअ प्रदिप थापालगायतले बोलेका थिए ।

५० जना विद्याथीहरु अध्ययनरत सो विद्यालयमा भवन भनेपछि विद्यार्थीहरु लाभान्वित भएको विद्यालयले जनाएको छ । भवनका लागि कूल २६ लाख ९५ हजार लागत परेको थियो ।

प्रकाशित मिति २०७३ भदौ ८ ।
 

प्रतिक्रिया