Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

मेडिकल कलेज विवादमा न्यायाधीश

मंगलबार, १५ भदौ २०७२

काठमाडौं १५ भदौ /पुनरावेदन अदालतको अन्तरिम आदेशबारे न्यायपरिषद्ले छानबिन गर्ने भएको छ । आदेशमा आर्थिक चलखेल भएको समाचार सार्वजनिक भएपछि परिषद्को सोमबारको बैठकले आदेशसहितका कागजात संकलन गरी छानबिन गर्ने निर्णय गरेको हो ।

युनिभर्सल मेडिकल कलेजको पोस्ट–ग्रयाजुएटको सिट घटाउन चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले गरेको निर्णय कार्यान्वयन नगर्न पुनरावेदन अदालत पाटनले अन्तरिम आदेश दिएको थियो । पुनरावेदनका तत्कालीन न्यायाधीशद्वय गोपाल पराजुली र ओमप्रकाश पराजुलीको इजलासले अन्तरिम आदेश दिएको थियो ।

- युनिभर्सल मेडिकल कलेजले आइओएमको निर्णयविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । जसमा अदालतले सिट संख्या नघटाउन अन्तरिम आदेश जारी गर्‍यो ।

- न्यायाधीश गोपाल पराजुली, चोलेन्द्रशमशेर र दीपकराज जोशीको इजलासबाट आर्थिक प्रभावमा परी अन्तरिम आदेश आएको कलेज सञ्चालकको भनाइ ।

- सोमबार बसेको न्यायपरिषद्को बैठकले युनिभर्सल मेडिकल कलेजको मुद्दामा अदालतले दिएको अन्तरिम आदेशबारे जानकारी लिएको परिषद्का सचिव  कृष्ण गिरीले बताए ।

युनिभर्सल मेडिकल कलेजबारे पुनरावेदनको अन्तरिम आदेशमा आर्थिक लेनदेन भएको विषयमा आवश्यक कागजात संकलन गरी अर्को बैठकमा छलफल गर्ने निर्णय भएको परिषद्का सदस्य तथा कानुनमन्त्री नरहरि आचार्यले जानकारी दिए । उनले भने, ‘चिकित्सा शिक्षा क्षेत्रमा भएको विकृतिबारे न्यायाधीशकै नाम जोडिएर समाचारहरू प्रकाशमा आएपछि त्यो विषयमा आवश्यक कागजात संकलन गर्ने निर्णय गरियो ।’

आइओएमको अनुगमनका क्रममा युनिभर्सल मेडिकल कलेजको भौतिक तथा शैक्षिक पूर्वाधार नभएको भन्दै पोस्ट–ग्रयाजुएटको सिट संख्या घटाउने निर्णय गरेको थियो । आइओएमले सिट संख्या ४० बाट घटाएर १२ मा झार्ने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध कलेज अदालतमा गएपछि पुनरावेदनले सिट घटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अहिले सर्वोच्चको स्थायी न्यायाधीश रहेका गोपाल पराजुली, दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको इजलासले आर्थिक प्रभावमा परी अन्तरिम आदेश दिएको युनिभर्सल कलेजका प्रशासन प्रमुख धु्रव पौडेलको भनाइ सार्वजनिक भएको छ । खोज पत्रकारिता केन्द्रले तयार पारेको समाचार सेतोपाटी डटकमले प्रकाशित गरेको थियो ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया