Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

विद्यालय कागजमा मात्रै, १३ वटा खारेज

आइतबार, ०५ भदौ २०७३

ललितपुर - जिल्ला शिक्षा कार्यालयमा दर्तामात्र गरिएका १३ वटा विद्यालयलाई खारेज गरिने भएको छ । खारेजीमा परेका सबै विद्यालय निजी हुन् ।

ललितपुर शिक्षा कार्यालयले गरेको अनुगमनका क्रममा दर्ता मात्र गरिएका र लामो समयदेखि सञ्चालनमा आउन नसकेका विद्यालय फेला परेका थिए । कार्यालयले त्यस्ता विद्यालयहरुलाई खारेज गर्ने निर्णय गरेको हो ।

खारेजी प्रक्रियामा रहेका विद्यालयहरुमा ढोलाहिटीको ज्योति एकेडेमी, हरिसिद्धीको सन्निसाइड एकेडेमी, कुपण्डोलको वृजवाटर स्कुल रहेका छन् । यसैगरी लगनखेलको केयरटप स्कुल, कुटीसौगलको केसेण्ट मावि, कुमारीपाटीको केण्ट मावि, लगनखेलकै गोरखा इ. स्कुल, वल्र्ड भिजन स्कुल र पूर्णतारा स्कुल समेत बन्द गर्ने सूचिमा छन् । लुभुको दीव्यदीपज्योति स्कुल, थसिखेलको माउण्ट आवासीय मावि, छम्पीको ज्ञान अवतार बो. स्कुल, र वुद्धि शारदा प्रावि पनि दर्ता भएका तर सञ्चालनमा नआएका भन्दै कार्यालयले बन्द गर्ने भएको हो ।

प्रकाशित मिति २०७३ साउन ५ गते

प्रतिक्रिया