Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

आइएलटीएसको परीक्षा अब नेपालमै हुने

शनिबार, ०४ भदौ २०७३

काठमाडौं ४ भदौ / उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीका लागि अंग्रजी भाषाको दक्षता परीक्षण गर्ने इन्टरनेशनल इङलिस टेस्टिङ सिस्टम (आइइएलटीएस) परीक्षा सञ्चालन गर्न नेपालमा नयाँ संस्था स्थापना भएको छ ।

नया संस्था स्थापनासँगै आइइएलटीएसको तयारीमा बसेका विद्यार्थीलाइ सजिलो भएको छ । यसअघि ब्रिटिश काउन्सिल नेपालले मात्र यस्तो परीक्षा सञ्चालन गर्दे आएको थियो ।

काउन्सिलले जस्तै परीक्षा सञ्चालन गर्ने गरी आइडीपी एजुकेसन नेपाल नामक संस्थाको शुक्रबार उद्घाटन गरिएको हो ।

पछिल्लो समय नेपालबाट उच्चशिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको संख्या बढिरहेका कारण आइइएलटीएसको परीक्षा दिन ब्रिटिस काउन्सिलमा दर्ता गर्न नपाएर भारतसम्म पुनग्नुपर्ने बाध्यता छ ।
आइडीपीले अब सहज रुपमा आइइएलटीएसको दर्ता र परीक्षा नेपालमै पाइने दाबी गरेको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

प्रतिक्रिया