Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

कक्षा ११ मा विषय थप्न म्याद थप, शिक्षकको कवुलियतनामा अनिवार्य

शुक्रबार, ०३ भदौ २०७३

भक्तपुर - कक्षा ११ का लागि विषय थप गर्न चाहने विद्यालयलाई लक्षित गरी शिक्षा विभागले पुनः समय थपेको छ । विषय थप गर्न चाहने उच्च माध्यमिक विद्यालयले साउन २५ गते सम्म आवेदन दिन पाउनेमा अब भदौ १० गते सम्म निवेदन दिन सक्ने गरी विभागले म्याद थपेको हो ।

यसै बर्ष कक्षा ११ को अनुमति पाएका विद्यालय, प्रयोगशाला  आवश्यक पर्ने विषय, संकाय नै थप गर्ने गरी तथा कक्षा ११ र १२ मात्र सञ्चालन गरेका शैक्षिक संस्थाहरु बाहेकका
संस्थाले निवेदन दिन सक्ने विभागले जनाएको छ ।

आउँदो आईतबार  अर्थात् भदौ ५ गतेबाट निवेदन दिन सकिने छ ।

निवेदन दिदाँ विषयगत शिक्षकले न्यूनतम ३ बर्ष सम्म पढाउने बारेमा गरेको कवुलियतनामा समेत पेश गर्नु पर्ने छ । विषयगत शिक्षकको स्नताकोत्तर उत्तीर्ण शैक्षिक योग्यताको प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्र पनि बुझाउनु पर्ने छ । यसका अलावा सम्बन्धित जिल्ला शिक्षा कार्यालयको सिफारिस, विषय खुलेको पत्र र निजी विद्यालयको हकमा विद्यालय ब्यवस्थापन समितिको निर्णय पनि समाबेश गर्नु पर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति २०७३ भदौ ३ गते

प्रतिक्रिया