Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

को हुन् महर ? जसले नेविसंघ अध्यक्षमा फड्को मारे

शुक्रबार, ०३ भदौ २०७३


काठमाडौं ३ भदौ / नेपाल विद्यार्थी संघको नौ वर्षपछि भएको ११ औं महाधिवेशनबाट नैनसिंह महर अध्यक्ष निर्वाचित भएका छन्। १० दिन लामो प्रतिनिधि विवादपछि बन्दसत्रबिनै भएको निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यलाई १ सय १९ मतले उछिनेका हुन्।

अध्यक्षका लागि सात जना मैदानमा खडा भए पनि सभापति शेरबहादुर देउवा तथा नेता कृष्णप्रसाद सिटौलाको संयुक्त प्यानल र नेता रामचन्द्र पौडेलनिकट समूहबीच प्रतिस्पर्धा भएको हो। १ हजार ४ सय ४७ मतसहित अध्यक्षमा निर्वाचित महरले संयुक्त प्यानलको नेतृत्व गरेका थिए भने १ हजार ३ सय २८ मत ल्याएका आचार्य पौडेल समूहबाट प्रतिस्पर्धामा थिए।

अध्यक्षका अन्य प्रत्याशीहरु आनन्दराज त्रिपाठी ३ सय ४८, नगेनसिंह ठकुरी ६९, वचन कार्की (मुसा) १२, लक्ष्मण आचार्य १४ र शुभराम बस्नेतले ८७ मत पाए। संयुक्त प्यानलबाट महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा निर्वाचित भएका छन्। काफ्लेले १ हजार ७ सय ९४ र थापाले १ हजार २ सय ९० मत पाएका छन् भने महामन्त्री प्रत्याशी दीपक भट्टराईले १ हजार २ सय ८६, हिमालदत्त श्रेष्ठले १ हजार २ सय ६५ र शंकर पौडेलले २ सय ७८ मत पाएका छन्। महामन्त्रीमा निर्वाचित काफ्ले सिटौलानिकट र थापा सभापति देउवानिकट हुन्।

त्यस्तै, कोषाध्यक्षमा नेता पौडेलनिकट उम्मेदवार शिव रिमाल १ हजार २ सय ८७ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धीहरू उमेश भट्टराई १ सय ९, केदार खनाल १ सय ४६, टीका श्रेष्ठ २ सय १८, निमा गिरीले ९ सय ३४ मत पाएका छन्।

नयाँ संविधानको व्यवस्थाअनुसार भएको निर्वाचनमा प्रदेशबाट क्रमशः उपाध्यक्षमा विकास केसी १ सय ४६, सञ्जय यादव १ सय २०, रामप्रसाद अधिकारी २ सय ४८, डिल्लीराम सुवेदी १ सय ६२, श्रीप्रकाश मगर १ सय १२, खड्ग डाँगी ८५ र पुष्पकुमार शाही १ सय ५१ मतसहित निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा उर्मिला थपलिया १ हजार ७ सय २०, आदिवासी जनजातिमा नवीन राई १ हजार ३ सय ५४, सागर परियार १ हजार ४ सय ५०, मधेसी पवन यादव १ हजार ५ सय ७५ मतसहित निर्वाचित भएका छन्।
सहमहामन्त्रीहरू प्रदेशबाट क्रमशः कृष्ण कार्की १ सय २२, राजेश रौनियार १ सय ६, माधव ढकाल १ सय ८, हरिहर शर्मा १ सय ७१, प्रकाश घिमिरे १ सय १८, इश्वरबहादुर विष्ट १ सय २१, अच्युतराज कलौनी १ सय ३९ निर्वाचित भएका छन्। त्यस्तै, महिला सहमहामन्त्री साधना घिमिरे १ हजार २ सय ४५, उपत्यका प्रेम जोशी ८६, दलित ललिता सुनार १ हजार ६ सय ११, पिछडा क्षेत्र अम्बिका चलाउने ६९ निर्वाचित भएका छन् भने मधेसी कोटा सहमहामन्त्रीमा परमेश्वर साह निर्विरोध भएका हुन्।

पिछडिएको क्षेत्रबाट सुमित्रा शाही, मुस्लिम छात्राबाट सीताराम वानु, अपांग छात्राबाट कल्पना खड्का, त्रिवि छात्रा सीता गौतम, कृषि तथा वन विज्ञानबाट सरोज रेग्मी पनि निर्विरोध भए।
संयुक्त प्यानल बहुमतमा दुई महामन्त्रीसहित बहुमत पदमा महर नेतृत्वको संयुक्त प्यानलले जितेको छ। संयुक्त प्यानलबाट अध्यक्ष, दुई महामन्त्रीसहित १८ जनाले पदाधिकारी जितेका छन् भने पौडेल समूहले १० पदाधिकारीमा चित्त बुझाएको छ। पौडेल पक्षले प्रदेश नम्बर पाँच र छका साथै महिला, जनजाति, दलित उपाध्यक्ष जितेको छ। कोषाध्यक्षका साथै प्रदेश नम्बर चार, महिला, जनजाति पिछडा क्षेत्रको सहमहामन्त्री सुरक्षित गर्न सफल भएको छ।

संयुक्त प्यानलबाट निर्वाचित भएका १८ पदाधिकारीमध्ये सभापति देउवानिकट अध्यक्ष, एक महामन्त्रीसहित नौ जना मात्र रहेको एक नेताले जनाए। संघका निर्वाचित पदाधिकारीमध्ये सभापति देउवा पक्षबाट प्रदेश नम्बर एक, दुई, सातका साथै मधेसी उपाध्यक्ष र प्रदेश नम्बर पाँच, छ र उपत्यका सहमहामन्त्री निर्वाचित भएका छन्।

पार्टी १३ औं महाधिवेशनपछि तेस्रो धारको रुपमा प्रस्तुत हुँदै आएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले सभापति देउवासँग मिलेर महामन्त्रीसहित नौ पदाधिकारी जितेको दाबी गरेको छ। संघको निर्वाचनमा सिटौला पक्षले प्रदेश नम्बर तीन र चारका उपाध्यक्ष, प्रदेश नम्बर एक, दुई, तीन, सातका साथै मधेसी र दलित सहमहामन्त्री निकट छन्। केन्द्रीय सदस्यमा भने सभापति देउवानिकट विद्यार्थी नेता बढी निर्वाचित भएका छन्। त्यसपछि पौडेल र सिटौला निकट उम्मेदवारले जितेका छन्।

महाधिवेशनबाट अध्यक्षसहित १ सय २९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ भने अध्यक्षले एक महामन्त्रीसहित २२ जना मनोनीत गर्न पाउने छन्।

को हुन् महर?
डडेलधुरा, भागेश्वर–९ घर भएका ४४ वर्षीय महरले विद्यार्थी राजनीतिसँगै केही समय पत्रकारितासमेत गरेका थिए। राजाको प्रत्यक्ष शासनमा तीन महिना जेल बसेका महर अहिले पनि मुलुकको शैक्षिक र राजनीतिका विषयमा कलम चलाउँदै आएका छन्। हाल कपनमा बस्दै आएका उनले एमए, एलएलबी, बीएड अध्ययन गरेका छन्। नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका उनी पार्टी महाधिवेशन प्रतिनिधि पनि हुन्। सभापति देउवाका विश्वासपात्र महरले देउवापछि डडेलधुराबाट संघको नेतृत्वमा पुग्ने नेताका रुपमा पनि परिचय बनाए।

बालकृष्ण अधिकारीले नागरिकमा लेखेको खबर ।

प्रतिक्रिया