Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

विद्यालय र मदरसालाई शैक्षिक सामग्री

विहीबार, ०२ भदौ २०७३

काठमाडौं २ भदौ / जिल्ला शिक्षा कार्यालय, सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबको तत्वावधानमा सञ्चालित एकीकृत सहयात्रा परियोजनाअन्तर्गत नेपालगन्ज नगर क्षेत्रका १७ सामुदायिक विद्यालय र दुई मदरसालाई बुधबार यहाँ शैक्षिक सामग्री उपलब्ध गराइएको छ ।

भौतिक पूर्वाधार तथा विद्यार्थीको विद्यालयमा न्यून पहुँचका दृष्टिकोणले अत्यन्त कमजोर अवस्थामा रहेका ती विद्यालयका शिक्षक÷शिक्षिकालाई सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा, सेभ द चिल्ड्रेनका एसोसिएट डाइरेक्टर वीरेन्द्र ठगुन्ना र पत्रकार महासङ्घका केन्द्रीय सदस्य झलक गैरेले सो शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो ।

क्लबका निर्देशक रवि तुलाधरका अनुसार ती १९ विद्यालय तथा मदरसामा अध्ययनरत १, २ र ३ कक्षाका विद्यार्थीका लागि रु तीन लाख ७२ हजार मूल्य बराबरका आधुनिक शिक्षण विधिका शैक्षिक सामग्री उपलब्ध गराइएको हो ।

शैक्षिक सामग्री हस्तान्तरण समारोहमा सेभ द चिल्ड्रेनका एसोसिएट डाइरेक्टर ठगुन्नाले गुणस्तरीय शिक्षा र शिक्षामा सबैको पहुँच पुग्नुपर्ने उद्देश्यका साथ आप्mनो संस्थाले बालबालिकाको शिक्षालाई प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया