Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

सत्ताधारी दल निकट विद्यार्थीद्धारा सिण्डिकेट खारेजीको माग

बुधबार, ०१ भदौ २०७३

काठमाडौं - यातायात क्षेत्रमा जारी सिण्डिकेटका कारण सडक दुर्घटना बढेको भन्दै अखिल क्रान्तिकारीले सिण्डिकेट खारेजीको माग गर्दै प्रदर्शन गरेको छ ।

सत्ताधारी दल माओवादी केन्द्र निकट विद्यार्थी संगठनको ३ नं. प्रदेश समितिको आयोजनामा यातायात ब्यबस्था कार्यालय मिनभवनमा बुधबार दिउसो एक घण्टा धर्ना तथा घेराउ गरिएको हो । सिण्डिकेटकै कारण पछिल्ला दिनमा काभ्रे लगायतका क्षेत्रमा भएका यातायात दुर्घटनामा धेरैको निधन भएको भन्दै विरोधमा उत्रिएको केन्द्रीय सचिव एवं ३ नं. प्रदेश समिती संयोजक बिजय गौतमले बताए ।

धर्नामा विद्यार्थीले यातायातको सेण्डिकेट खारेज गर ! थोत्रा गाडी निषेध गर ! लगायतका नारा लगाएका थिए । घेराउ पछिको संक्षिप्त कोणसभालाई संगठनका केन्द्रीय उपाध्यक्ष अनिल शर्मा, गौतम लगायतले सम्बोधन गरेका थिए । क्रान्तिकारीले घाईतेको निशुल्क उपचार, मृतक परिवारलाई क्षतिपूर्तिको माग र दोषी उपर कार्वाहीको माग गरेको छ  ।

प्रकाशित मिति २०७३ भदौ १ गते

प्रतिक्रिया