Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

शैक्षिक सुधारका लागि जिशिकाद्धारा २२ बुँदा सार्वजनिक

बुधबार, ०१ भदौ २०७३

भक्तपुर– जिल्ला शिक्षा कार्यालयले २२ वुंदे शैक्षिक मार्गचित्र सार्वजनिक गरेको छ ।

विद्यार्थी उपलब्धि अभिवृद्धि गर्ने योजना, नतिजामूलक कार्यसम्पादनका लागि कार्यसम्पादन करार, शिक्षकको हातमा पाठ्यक्रम र विद्यार्थीको हातमा पाठ्यपुस्तक, एक शिक्षक एक झोला कार्यक्रम, बालमैत्री विद्यालय र विद्यालय शान्तिक्षेत्र, निरन्तर मूल्यांकन र उपचारात्मक शिक्षण गर्नेलगायतका बुंदाहरु समेटेर मार्गचित्र सार्वजनिक गरेको हो ।

त्यस्तै मार्गचित्रमा शिक्षक डायरी र बालकेन्द्रीत शिक्षण, परीक्षा पद्दतिमा सुधार, सामुदायिक विद्यालय सुधारका लागि पूनर्जारण अभियान, अभिभावकसँग जिल्ला शिक्षा अधिकारी कार्यक्रम पनि समावेश गरिएका छन् ।
‘भक्तपुर शैक्षिक गन्तव्यतिर लम्किरहेको जिल्ला हो, उक्त कामलाई सघाउनका लागि यो मार्गचित्रले सघाउने विश्वास छ’ जिशिअ अर्जुनबहादुर रायमाझीले भने । उनले उक्त मार्गचित्रले भक्तपुरलाई शैक्षिक पर्यटनको जिल्ला बनाउन पनि सहयोग पुग्ने जनाए ।

मार्गचित्रले भक्तपुर जिल्लाको शिक्षाको स्तर अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक सुधारको मार्गचित्र बनाएको प्रतिक्रिया दिँदै जिल्लाका विभिन्न शैक्षिक सरोकारवालाहरुले त्यसको स्वागत गरेका छन् ।

प्रकाशित मिति २०७३ भदौ १ गते

प्रतिक्रिया