Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

एक शिक्षक एक विद्यार्थी शिक्षा कार्यक्रम

मंगलबार, ३२ साउन २०७३

काठमाडौं – पुतलीसडकस्थित अर्विट मेडिकल इन्ट्रान्सले एमबिबिएस र बिडीएसका बिद्यार्थीलाई लक्षित गरी एक शिक्षक एक विद्यार्थी कक्षा शुरु गरेको छ । आफुलाई अप्ठ्यारो परेको कुनै विषयमा पनि विद्यार्थीले सोध्न सक्ने व्यवस्था गरेको अर्विटले जनाएको छ ।

बिषेश गरी कमजोर विद्यार्थी लक्षित यो कोर्ष पढेर काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयको प्रवेश परीक्षा पास हुन सजिलो हुने अर्विटले जनाएको छ । विगत आठ वर्ष पूरानो यस संस्था काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षाका लागि चर्चित छ ।

आफूहरुले प्रवेश परीक्षा तयारी गराएका मध्ये १ हजार बढी विद्यार्थी चिकित्सक भइसकेको संस्थाको दावी छ ।  यहीँबाट तयारी गरेका करिब ४ सय विद्यार्थीले विदेशबाट चिकित्साशास्त्रको अध्ययन गरीसकेका छन् । यो संस्था मार्फत् नेपालमा विदेशी विद्यार्थी पनि आउँछन् ।

प्रकाशित मिति २०७३ साउन ३२ गते

प्रतिक्रिया