Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

मेडिकल कलेजको मुद्दामा बिचौलियासँग मिलेपछि सर्वोच्चमा फेरबदल

बुधबार, १६ भदौ २०७२

काठमाडौं १६ भदौ / मेडिकल कलेजको एक मुद्दामा बिचौलियासँग पूर्वप्रधानन्यायाधीश, न्यायाधीश र प्रशासनका जिम्मेवार पदाधिकारीको नाम जोडिएपछि सर्वोच्च अदालतका महाशाखा प्रमुखको उलटपुलट भएको छ।
 
सर्वोच्च स्रोतका अनुसार प्रधानन्यायाधीश कल्याण श्रेष्ठको निर्देशनअनुरूप रजिस्ट्रारबाट यस्तो निर्णय भएको हो। रजिस्ट्रार श्रीकान्त पौडेलबाट मंगलबार भएको निर्णयअनुरूप सर्वोच्चको मुद्दा शाखा प्रमुख नहकुल सुवेदीलाई अनुसन्धान तथा योजना शाखामा तानिएको छ।

योजना शाखामा प्रमुख रहेका लालबहादुर कुँवरलाई प्रशासन प्रमुखमा ल्याइएको छ भने प्रशासन प्रमुख रहेका विपुल न्यौपानेलाई मुद्दा शाखा प्रमुखमा ल्याइएको छ । सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलले शाखा प्रमुखको परिवर्तन नियमित प्रक्रिया रहेको दाबी गरे। 
यो भदौमा हुने हेरफेर हो। अरू कुरो केही होइन,' उनले भने । मेडिकल कलेजको मुद्दाका विषयमा एक अनलाइनमा अडियो रेकर्ड प्रकाशित भएपछि सोमबार बसेको न्याय परिषद् बैठकमा समाचारको सत्यतथ्य एवं आधिकारिकतालाई लिएर प्रधानन्यायाधीश श्रेष्ठले गम्भीर चासो व्यक्त गरेका थिए।

अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया