Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

शैक्षिक हड्ताल : प्याब्सन भन्छ निकास देउ

सोमबार, ३१ साउन २०७३

काठमाडौं - शैक्षिक हड्तालमा उत्रिएको विप्लब निकट अखिल क्रान्तिकारीका मागका बारेमा सम्वाद थाल्न निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनले माग गरेको छ । क्रान्तिकारीका अधिकाँश माग निजी शिक्षण संस्थाको मनपरी विरुद्ध छन् ।

तर उनीहरुले विद्यार्थीको पठन पाठन नै अवरुद्ध गरेर हड्ताल गरेकोमा भने चौतर्फि आलोचना भईरहेको छ ।

पढ्नुहोस् : आफ्नो स्कुल जान कहिले सम्म ताक्ने अर्काको मुख ?

आफैं विरुद्ध आन्दोलनको घोषणा गरेको संगठनका माग पुरा गराउन राज्य सचेत नभएको भन्दै प्याब्सनले भने चिन्ता प्रकट गरेको छ । 'शिक्षा क्षेत्रसँग सम्बन्धित विविध मागहरुलाई समयमै यथोचित सम्बोधन गरी वार्ता तथा संवादको माध्यमबाट समस्याको समाधानका लागि पहल गर्न राज्य सचेत नहुुनु अत्यन्त चिन्ताजनक विषय बन्न पुगेको छ' जारी विज्ञप्तिमा भनिएको छ ।

विद्यार्थीको पठन पाठनमा अवरोध आउँदा समेत सम्बन्धित पक्ष गम्भिर नहुनु चिन्ताको  विषय भन्दै प्याब्सनले शान्तिपूर्ण वार्ता तथा संवादको प्रक्रिया मार्फत समस्याको निकास पहिल्याउन आव्हान गरेको छ । 'शिक्षा, शिक्षालय र बालबालिका जस्ता अत्यन्तै संवेदनशिल क्षेत्रप्रति मानविय संवेदना देखाइ यस्ता बन्द–हड्ताल लगायतका क्रियाकलापहरु सधैंका लागि बन्द गरी शिक्षण संस्थाहरुलाई शान्तिपूर्ण वातावरणमा सञ्चालन हुने अबस्था सृजना गरिदिनु हुन सम्बन्धित सबै पक्षहरुमा हार्दिक आग्रह गर्दछौं' प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसी र महासचिब डिके ढुङ्गानाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्  :जहाँ बन्दमा पनि खुल्छन् विद्यालय, कहाँबाट आउँछ हिम्मत ?

प्रकाशित मिति २०७३ साउन ३१ गते


प्रतिक्रिया