Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

बन्द भएका सामुदायिक विद्यालय पुनः सञ्चालन अभियान सुरु

सोमबार, ३१ साउन २०७३

काठमाडौं ३१ साउन / जिल्ला शिक्षा कार्यालय भक्तपुरले विद्यार्थी नभएर बन्द भएका जिल्लाका सामुदायिक विद्यालय पुनःसञ्चालन गर्ने अभियान सुरु गरेको छ । कार्यालयले आइतबार चाँगुनारायणको सिदुख्र्वामा रहेको न्याचोपौवा प्राथमिक विद्यालयबाट यो अभियान सुरु गरेको हो । बन्द भएका विद्यालयको पुनःसञ्चालनसम्बन्धी सरोकारवालाको भेला र अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेर न्याचोपौवा प्राबिबाट सुरु गरेको जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीले बताउनुभयो ।

यसका लागि स्थानीय स्तरमा सोही विद्यालयका पूर्वविद्यार्थी इन्जिनियर कृष्णहरि बुढाथोकीको संयोजकत्वमा नौ सदस्यीय सहयोग समिति गठन गरी समितिलाई विद्यालय पुनःसञ्चालनका लागि विद्यार्थी खोज्ने र साधन, स्रोत जुटाउने तथा विद्यालय पुनः सञ्चालनको भावी योजना निर्माण गर्ने जिम्मेवारी दिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा समितिका संयोजक बुढाथोकीले विद्यालयलाई भागबन्डा गर्ने थलो बनाउन नहुने औँल्याउँदै स्थानीय राजनीतिक दलका नेता, बुद्घिजीवी, समाजसेवी र अभिभावक सबै एकजुट भएर अघि बढे यस विद्यालयलाई पुनःसञ्चालन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर प्याब्सनका अध्यक्ष राजकुमार महर्जनले एक अर्कामा आरोप प्रत्यारोप गर्ने परिपाटी त्यागी विद्यालय सञ्चालका लागि सबै एकजुट हुनुपर्ने बताउँदै विद्यालयलाई कापी कलम र शिक्षकलाई तालिम दिन माउण्ट भ्यु स्कुल तयार रहेको बताउनुभयो । प्याब्सन उपाध्यक्ष चन्द्र अधिकारीले विद्यालयलाई खेलकुदका सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यालयले जिल्लामा १५ विद्यालय यसै शैक्षिक सत्रदेखि बन्द भएको बताउँदै तीमध्ये दश वटालाई पुनर्जीवित गर्ने अभियान गरेको हो ।

गोरखापत्रमा अबर छ ।

प्रतिक्रिया