Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

पहिला आन्दोलनले अहिले कफ्र्युले विद्यालय बन्द

बुधबार, १६ भदौ २०७२

काठमाडौं १६ भदौ / प्रदेश सीमांकनको विरोधमा २३ साउनदेखि सुरु भएको आन्दोलनका कारण विद्यालय लगातार बन्द हुँदा विद्यार्थी समस्यामा परेका छन् । पहिला आन्दोलन र अहिले निरन्तरको कफ्र्युका कारण विद्यालय बन्द भएपछि बालबालिकाको पढाइ अवरुद्ध भएको हो ।

अखण्ड सुदूरपश्चिम, थरुहट र हिन्दुवादी संगठनको आन्दोलनका कारण लामो समय विद्यालय बन्द भए । आन्दोलनकै क्रममा टीकापुरमा हिंसात्मक झडप भएपछि स्थानीय प्रशासनले लगाएको कफ्र्युका कारण विगत हप्ता दिनदेखि विद्यालय बन्द छन् । प्रशासनले कफ्र्यु खुकुलो पारे पनि हटाएको छैन ।

विद्यालय सञ्चालनका लागि जिल्लामा क्रियाशील विद्यार्थी संगठनको आयोजनामा मंगलबार धनगढीमा छलफल कार्यक्रम भएको छ । छलफल कार्यक्रमका सहभागीले पछिल्लो समय आन्दोलनरत पक्ष र स्थानीय प्रशासनका कारण पठनपाठन हुन नसकेको बताए ।

नेविसंघ, अनेरास्ववियु र तीनवटै अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रमका सहभागीले टीकापुरमा भएको हिंस्रक घटनापछि विद्यालय सञ्चालनमा पनि सुरक्षा चुनौती थपिएको बताए ।

कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्राध्यापक सुरेन्द्र चन्दले विद्यालयलाई राजनीतिक हस्तक्षेप, सशस्त्र गतिविधि र हिंसाबाट मुक्त गर्नका लागि विद्यालय शान्ति क्षेत्र निर्देशिका बने पनि व्यावहारिक रूपमा लागू नभएको बताए । ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्टले सधैँका लागि विद्यालय खुल्ने वातावरण सिर्जना गरिनुपर्ने बताए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया