Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

अझै पाएन मुलुकले शिक्षा मन्त्री, शिक्षा मन्त्रीका लागि सिफारिश पाएका सांसदले खाए विनाविभागीयमा सपथ

आइतबार, ३० साउन २०७३

काठमाडौं / शिक्षा मन्त्रीमा दाबी गर्दै आएका माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेका धनिराम (डिआर) पौडेलले अन्तत विनाविभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीमा तेस्रो पटक मन्त्रीपरिषद्  विस्तार गर्नेक्रममा शिक्षा मन्त्रीको रुपमा पौडेललाई अघि सारे पनि सत्ता साझेदारहरुबीच सहमति हुन नसक्दा सांसद पौडेलले विना विभागीयको सपथ खाएका हुन् । सत्ता साभेदारहरुमध्ये शिक्षा मन्त्रालयमा नेपाली कांग्रेसको पनि दाबी रहँदै आएको  कारण अहिले पौडेललाई मन्त्री दिइएको तर कुनै मन्त्रालयको जिम्मेवारी भने नतोकिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार कांग्रेसले शिक्षा पाए पौडेललाई स्वास्थ्य मन्त्रालय दिने माओवादीको तयारी छ ।

चितवन निवासी पौडेल माओवादीका समानुपातिक सांसद हुन् । मन्त्री बाँडफाँड गर्दा माओवादीले शिक्षा मन्त्रालय पाएपछि नारायणकाजी श्रेष्ठ निकट मानिएका पौडेलले शिक्षा मन्त्रालय पाउन निश्चित भएको थियो । तर कांग्रेस र माओवादी बिच शिक्षा र स्वास्थ्य मन्त्रालय साट्ने सहमति भएपछि पौडेललाई प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयको जिम्मा दिइने स्रोतको भनाइ छ ।

पढ्नुहोस् :शिक्षामन्त्रीमा पौडेल पक्का

 

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीमा निर्वाचित भएको १० दिनपछि आज तेस्रो पटक मन्त्रीपरिषद्  विस्तार गर्नेक्रममा शिक्षा मन्त्रीको जिम्मा डिआर पौडेललाई दिइएको छ । स्रोतका अनुसार तेस्रो पटकको मन्त्रीपरिषद् विस्तारमा माओवादी केन्द्रले पौडेलको नाम सिफारिश गरेको हो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले समानुपातिक, समावेशी सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने निर्णग गरेको  जनाएको छ ।

पढ्नुहोस् : नयाँ शिक्षा मन्त्री पौडेल, मन्त्री चयन ढिलो हुनुका भित्रि कुरा

 

प्रकाशित मिति २०७३ साउन ३० ।

प्रतिक्रिया