Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

शिक्षा ऐनको विरोध गर्दै शिक्षकद्वारा आन्दोलन घोषणा

आइतबार, ३० साउन २०७३

काठमाडौं / शिक्षा ऐनको आठौं संसोधनको विरोध गर्दै अस्थायी शिक्षकहरुले आन्दोलनको घोषणा गरेको छ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी पाँच बुँदे मागसहित आन्दोलन घोषणा गरेको हो ।

उनीहरुले शिक्षा ऐन आठौं संशोधनमा भएको अस्थायी शिक्षक सम्बन्धी दफामा संशोधन गरी २०६३ सालकै शिक्षा ऐन कायम गरी लागू हुनुपर्ने, अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याइ स्थायी गर्नुपर्ने, शिक्षा ऐन लागू भएपछि उमेरहदको कारणले पेसाबाट अवकाशित शिक्षक र सर्वोच्च अदालतको २०६३ माघ २४ गतेको फैसलापछि कुनै पनि कारणले अवकाशमा परेका अस्थायी शिक्षकलाई स्थायी शिक्षकसरह औषधोपचार खर्च र उपदानको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

समितिले अस्थायी, लियन र परियोजनाका शिक्षकहरुको शतप्रतिशत अस्थायी सेवा अवधि स्थायी सेवा अवधिमा गणना गरिनुपर्ने, बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई प्रावि शिक्षकसरह तलबभत्ताको व्यवस्था गर्नुपर्ने माग पनि अस्थायी शिक्षकहरुले राखेका छन् ।

समितिले आन्दोलनलाई दुई चरणमा गर्ने जनाएको छ । आन्दोलनअन्तर्गत भदौ ७ गते प्रत्येक जिल्लामा ¥याली गरी जिल्ला शिक्षा कार्यालयमा कोणसभा गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म जिल्ला शिक्षा कार्यालयको मूलगेटमा आवातजावत बन्द गर्ने, भदौ १२ गते काठमाडौंमा सबै अस्थायी शिक्षकहरुको उपस्थितिमा पत्रकार सम्मेलनका साथ विरोध ¥याली गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति २०७३ साउन ३०

प्रतिक्रिया