Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

बेबिलोनलाई ओलम्पिया बास्केटबलको उपाधि

शनिबार, २९ साउन २०७३

काठमाडौं २९ साउन / बेबिलोन नेशनल उमावि शान्तिनगरले दोस्रो ओलम्पिया अन्तर विद्यालय छात्र बास्केटबल २०१६ को उपाधि जितेको छ । ओलम्पिया वल्र्ड स्कुल बबरमहलले सो विद्यालयमा आयोजना गरेको सो प्रतियेगिताको थप समयमा ५६—५५ को स्कोरले बेबिलोनले ज्ञान निकेतन उमाविलाई पन्छाएको हो । सो प्रतियेगितामा बेबिलोन उमाविका सयुन राई मस्ट भ्यालुयेवल खेलाडीको रुपमा पुरस्कृत भए ।

विजयी विद्यालयलाई नेपाली बास्केटबल खेलका उपकप्तान एवम् बास्केटबलको राष्ट्रिय महिला टीमका प्रशिक्षक रविन्द्र महर्जनले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियेगितामा काठमाडौका ८ विद्यालयका खेलाडीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७३ साउन २९ ।

प्रतिक्रिया