Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

त्रिवि पदाधिकारी कार्यालयका अलग अलग भवन बन्ने

शनिबार, २९ साउन २०७३

काठमाडौं २९ साउन / त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र अन्य पदाधिकारीको कार्यालयका अलग अलग भवन बन्ने भएका छन् । गत वर्षको विनाशकारी भूकम्पबाट कीर्तिपुरपस्थित उपकुलपतिको कार्यालय क्षतिग्रस्त भएपछि स्मृति भवन नजिकै उपकुलपतिको कार्यालय निर्माण प्रारम्भ भएको छ । यसअघि उपकुलपतिको कार्यालय रहेको भवनमा शिक्षाध्यक्ष, रजिस्ट्रार, सेवा आयोगका कार्यालय रहेकामा अब काममा सहजताका लागि अलग अलग कार्यालय बनाउन लागिएको हो ।

यसैगरी, शिक्षाध्यक्षको कार्यालय त्रिवि पाठ्यक्रम विकास केन्द्र नजिकै बन्ने भएको छ । नयाँ भवन नहुँदा पदाधिकारी, कर्मचारी प्रशासन र योजना महाशाखा तथा सूचना महाशाखा र डिनको कार्यालय हाल एकै ठाउँबाट सञ्चालित छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा विश्वविद्यालयले पुनःनिर्माणका रु नौ अर्ब माग गरेकामा चालु आर्थिक वर्षमा रु ६५ करोड विनियोजन भएकाले नयाँ भवन बनाउने काम प्रारम्भ भएको शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले जानकारी दिनुभयो ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया