Edukhabar
आइतबार, १३ असोज २०८१
खबर/फिचर

अस्थायी शिक्षकको संख्या घट्न सक्ने, अख्तियारद्धारा मुद्धा दायर

शुक्रबार, २८ साउन २०७३

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी शिक्षकलाई समेत मुद्धा हाल्न थालेपछि उनीहरुको संख्या घट्ने देखिएको छ । नयाँ शिक्षा ऐन लागू भएसँगै अस्थायी शिक्षकको विदाई गर्ने नीतिगत बाटो खुलेको छेकमा अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर जागिर खाएका अस्थायी शिक्षकको अनुसन्धान शुरु गरेको छ ।

शुक्रबार मात्रै अख्तियारले कंचनपुरकी एक जना शिक्षकलाई मुद्धा दायर गरेको छ ।

शंकर निम्न माध्यमिक बिद्यालय, शंकरपुरकी अस्थायी शिक्षका रामजानकी देबी बडायकले प्राथमिक तहको अस्थायी शिक्षक पदमा जागिर खान पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।

२०५५ साल चैत १ गते नियुक्त भएकी बडायकले भारतको बिहार बिद्यालय परिक्षा समिति, पटना अन्तर्गतको केशवर उच्च बिद्यालय, कालिकापुरको शैक्षिक प्रमाणपत्र पेश गरेकी अख्तियारको दावी छ ।

राम जानकी कुमारी रानाको नामको एसएलसी सरहको परीक्षा उत्तिर्ण गरेको भनिएको झुठ्ठा शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश गरेको र ओहदा, लाभ, सुविधा समेत लिएको पुष्टी हुन आएको अख्तियारको दावी छ ।
रामजानकी कुमारी राना भन्ने रामजानकी देबी बडायकले भ्रष्टाचार निवारण ऐन उलंघन गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेको हो ।

प्रकाशित मिति २०७३ साउन २८ गते

प्रतिक्रिया