Edukhabar
आइतबार, १३ असोज २०८१
अन्तैवाट

बालबालिकाको प्रारम्भिक विकास प्राथमिकतामा

शुक्रबार, २८ साउन २०७३

काठमाडौं २८साउन / मुलुकको विकासका आधार मानव संसाधनअन्तर्गत बालबालिकाको सर्वाङ्गीण विकाससँग पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । युनिसेफ, प्लान नेपाल, सेभ द चिल्ड्रेन र जिल्ला शिक्षा कार्यालयको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाद्वारा बिहीबार यहाँ आयोजित ‘प्रारम्भिक बालस्याहार र विकास कार्यक्रममा बहुपक्षीय लगानी अभिवृद्धि’ विषयको कार्यशालाका सहभागीले राज्यले आप्mनो नीति तथा कार्यक्रममा बालबालिकाको विकासका योजना पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

कार्यशालामा बालविज्ञ डा किशोर श्रेष्ठ र युनिसेफका डा दीपु शाक्यले ‘प्रारम्भिक बाल विकासको महत्व, आवश्यकता, औचित्य तथा लगानी’, नेपालगन्ज उपमहाननगरपालिकाका निमित्त कार्यकारी अधिकृत मोहन हमाल र युनिसेफका मञ्जु वाग्लेले ‘वहुपक्षीय बालस्याहार प्रारम्भिक बालस्याहार तथा बालविकासमा बालमैत्री स्थानीय शासनको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यशालामा बाँके जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र महिला तथा बालबालिका कार्यालयका तर्पmबाट पनि प्रस्तुत गरिएको कार्यपत्रमाथि सहभागीबीच छलफल गराई सुझाव सङ्कलन गरिएको थियो ।

कार्यक्रममा सहभागी सरोकार भएका सरकारी तथा गैरसरकारी निकायका पदाधिकारीले आ–आप्mनो कार्यालयद्वारा तयार गरिने योजनामा अब उप्रान्त प्रारम्भिक बालस्याहार र विकास कार्यक्रमलाई प्राथमिकतामा राख्नु लिखित प्रतिबद्धता जनाएका थिए ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया