Edukhabar
आइतबार, १३ असोज २०८१
गतिविधि

विश्वविद्यालयको साधारण सभा प्रधानमन्त्री निवासमा

विहीबार, २७ साउन २०७३

काठमाडौं - पोखरा विश्वविद्यालयको १७ औं वार्षिक साधारण सभा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार, आर्थिक वर्ष २०७३÷०७४ को नीति, कार्यक्रम र बजेट, छात्रवृत्ति सम्बन्धि व्यवस्था लगायतका विषयमा छलफल गरी नियमावली संशोधन गरेको जनाईएको छ ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था वैज्ञानिक नभएको भन्दै यसको बिकल्पतिर सोच्नुपर्ने बेला आएको बताए । प्रधानमन्त्रीले भने, ‘सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुने व्यवस्था वैज्ञानिक छैन । विज्ञता र विषयको बिशिष्टताका आधारमा कुलपति नै नियुक्ति गर्ने व्यवस्था गर्नु नै वैज्ञानिक हुन्छ ।’

प्रधानमन्त्रीले राष्ट्रिय आवश्यकता र उत्पादित जनशक्तिबीच तालमेल हुनुपर्ने बताए । उत्पादन भइरहेको जनशक्ति र राष्ट्रिय आवश्यकता बिच दरार रहेको भन्दै यसको उचित तालमेलको नीति आवश्यक भएको उनको भनाई थियो । ‘देशलाई चाहिने जनशक्ति कति हो, आवश्यकता कति हो, कुन क्षेत्रमा कति जनशक्ति चाहिन्छ, त्यसको अनुपातमा शैक्षिक क्षेत्रले जनशक्ति उत्पादन गर्नेतिर जानुपर्छ ।’ उनले भने ।

सभामा पोखरा विश्वविद्यालयका उपकुलपति, रजिष्टार, सभासद्हरुले विश्वविद्यालयले लिनुपर्ने नीतिका बारेमा धारणा राखेका प्रधानमनत्रीको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति २०७३ साउन २७ गते

प्रतिक्रिया